अष्ट्रेलियामा शैक्षिक ठगी र नेपाली समुदायमा पार्ने असर

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

अष्ट्रेलियामा पछिल्लो समय निजी कलेजहरूमा देखिएको नक्कली डिग्री, अवैध भर्ना, र वित्तीय ठगीको घटनाले नेपाली समुदायलाई गहिरो असर पार्ने संकेत देखिएको छ। अध्ययनको सपना लिएर अष्ट्रेलिया आउने धेरै नेपाली विद्यार्थीहरू आज अनिश्चितता, डर, र अपमानको बीचमा फसेका छन्। यी घटनाहरूले न केवल व्यक्तिगत रूपमा विद्यार्थीहरूलाई, तर सम्पूर्ण नेपाली समुदायको छवि र विश्वसनीयतामा समेत असर पारिरहेको छ।

पछिल्लो रिपोर्टअनुसार, केही निजी कलेजहरूले विद्यार्थीहरूलाई कक्षा नलिइकनै नक्कली उपस्थिती र फर्जी प्रमाणपत्रहरू जारी गरिरहेका थिए। विद्यार्थीहरूलाई अध्ययनभन्दा बढी काम गर्न सजिलो होस् भनेर कक्षा नगएर पनि उपस्थित देखाउने प्रवृत्तिको फाइदा उठाउँदै केही कलेज सञ्चालक, शिक्षा एजेन्ट र आप्रवासन सल्लाहकारहरूले ठूलो आर्थिक लाभ उठाइरहेका थिए।

कसैकसैलाई $5,000–$10,000 सम्म शुल्क लिइर नक्कली सर्टिफिकेट तयार गरिदिने, वेतनबिहीन इण्टर्नसिपको बहानामा श्रम शोषण गर्ने, र केही केसहरूमा टेम्पररी भिसा लिएर काममा पठाएर PR (स्थायी बसोबास) को झूटा आश्वासन दिने गतिविधिहरू पनि खुलासा भएका छन्।

नक्कली डिग्री लिएर आएका वा यस्ता ठग कलेजहरूमा पढिरहेका नेपाली विद्यार्थीहरू अहिले ठूलो संकटमा छन्। अस्ट्रेलियाको अध्यागमन विभागले यस्तो कलेजहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै भिसा रद्द गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ। यसले गर्दा धेरै नेपाली विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ।

भविष्यमा स्थायी बसोबास (PR) का लागि आवेदन गर्दा अघिल्लो शैक्षिक पृष्ठभूमिको सत्यता हेर्ने प्रक्रिया झनै कडा हुने देखिएको छ। नक्कली डिग्री भएको वा प्रमाणपत्रमा प्रश्न उठेको खण्डमा पिआर अस्वीकृति मात्र होइन, आजीवन प्रतिबन्धसमेत लाग्न सक्छ। पढाइको नाममा लाखौँ रुपैयाँ ऋण लिएर अष्ट्रेलिया आएका विद्यार्थीहरू मानसिक तनाव, आर्थिक संकट र आत्मग्लानीको अवस्थामा पुगेका छन्।

नेपाल र अष्ट्रेलियामा रहेका केही माइग्रेसन एजेन्ट र शिक्षा कन्सल्ट्यान्टहरू यस्ता ठगीका योजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएको आरोप लागेको छ। विद्यार्थीलाई गलत सूचना दिई, फर्जी कलेजमा भर्ना गराई, अनि अतिरिक्त शुल्क असुल्ने कार्यमा उनीहरूको भूमिका गम्भीर देखिएको छ।

सरकारी निकायहरूले यस्ता एजेन्टहरू विरुद्ध छानबिन थालेका छन्। दोषी ठहरिएकाहरूको लाइसेन्स रद्द गरिनुका साथै अष्ट्रेलियाली कानुनअनुसार ठगीमा मुद्दा चलाएर जेल सजायसम्म हुन सक्नेछ। अबको दिनमा माइग्रेसन सल्लाहकार वा एजेन्ट छान्दा अत्यन्त सावधानी अपनाउनु आवश्यक छ।

यी घटनाहरूको प्रभाव केवल व्यक्तिगत स्तरमा सीमित छैन। अष्ट्रेलियामा नेपाली समुदायलाई लिएर अहिले संदेहको दृष्टिले हेरिन थालिएको छ। नयाँ विद्यार्थीहरूलाई भिसा प्रक्रियामा झनै कडाइ गरिने सम्भावना छ, जसका कारण असल विद्यार्थीहरूले पनि अन्यायपूर्ण अवरोधको सामना गर्नुपर्नेछ।

सम्पूर्ण नेपाली आप्रवासीहरूमाथि निगरानी बढ्ने, कडा डकुमेन्ट माग गरिने, र अनावश्यक शंकाको वातावरण सिर्जना हुने खतरा छ। विश्वास गुम्न थालेपछि यसको असर रोजगारी, अध्ययन, आवास र समाजिक सम्बन्धहरूमा पनि देखिन सक्छ।

अष्ट्रेलियाको Department of Home Affairs ले शंकास्पद कलेजहरूमा कारबाही सुरु गरिसकेको छ। भविष्यमा अझ कडा नियमन लागू गर्दै Genuine Student Test (GST) लाई झनै कडा बनाउने तयारीमा सरकार छ। अब विद्यार्थीहरूले आफ्नो उद्देश्य, पारिवारिक पृष्ठभूमि, आर्थिक स्रोत, अध्ययन योजना र स्वदेश फर्कने सम्भावना स्पष्ट रूपमा प्रमाणित गर्नुपर्नेछ।

नेपालबाट विद्यार्थी पठाउने एजेन्टहरूको लागि अनिवार्य पंजीकरण प्रणाली लागु गरिनेछ र कसले कसलाई पठायो भन्ने विवरण ट्र्याक गर्ने अनलाइन प्रणाली विकसित गरिने सम्भावना बलियो छ। यसले गर्दा अवैध एजेन्टहरूको चलखेलमा कटौती हुनेछ।

हामी नेपालीहरूका लागि अब मौन बस्ने समय होइन। नक्कली डिग्री, झूटा आश्वासन र आर्थिक ठगीमा फसेका विद्यार्थीहरू, अभिभावक र सम्बन्धित पक्षले खुलेर आफ्नो अनुभव साझा गर्न जरुरी छ। यस्ता गलत प्रवृत्तिलाई उजागर नगरेसम्म समाधान सम्भव छैन।

जिम्मेवार शिक्षा र माइग्रेसन सेवा प्रदायक छान्ने, कानुनी प्रक्रिया बुझ्ने, र शंकास्पद क्रियाकलापको विरोध गर्ने संस्कार अब नेपाली समुदायमा स्थापित हुनु अनिवार्य भएको छ। नत्र भने, केही व्यक्तिको स्वार्थका कारण सम्पूर्ण समुदायको प्रतिष्ठा र भविष्यमा गम्भीर असर पर्न सक्नेछ।


लेख: नेपाली सञ्चार – मेलबर्न
(यदि तपाईंको अनुभव यस्तै छ वा कुनै गुनासो गर्न चाहनुहुन्छ भने, कृपया विश्वसनीय निकायमा सम्पर्क गर्नुहोस्।)

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...
spot_img

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको काम गर्ने समय २४ देखि ६० घण्टा बढाउने प्रस्ताव

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन अवधिमा काम गर्न पाउने घण्टा ४८ बाट ६० पुर्‍याउने प्रस्ताव अहिले व्यापक चर्चामा छ।

अष्ट्रेलियाले 2025–26 का लागि राज्य र प्रदेश नामांकन कोटा सार्वजनिक गर्‍यो

अष्ट्रेलियाले २०२५–२६ का लागि राज्य र प्रदेशहरूलाई Skilled visa...

अमेरिकी डीभी–२०२७ ढिलाइ: नयाँ शुल्क, प्राविधिक अपडेटका कारण दर्ता खुल्ने मिति घोषणा हुन बाँकी

अमेरिकाको प्रतिष्ठित डाइभर्सिटी भिसा (DV) कार्यक्रमका लागि डीभी–२०२७ दर्ता...

अष्ट्रेलियामा सी–फुड लेबलिङ कडाइ: गलत जानकारी दिए रेस्टुरेन्टलाई लाखौँ डलर जरिवाना

अष्ट्रेलियामा सी–फुड खानेहरूको आवाज अब सरकारसम्म पुगेको छ। धेरै...

NSW संसदअगाडि नियो–नाजी प्रदर्शनमा सहभागी दक्षिण अफ्रिकी नागरिक म्याथ्यु ग्रुटरको अष्ट्रेलिया भिसा रद्द

NSW संसदअगाडि नियो–नाजी प्रदर्शनमा सहभागी दक्षिण अफ्रिकी नागरिक म्याथ्यु ग्रुटरको अष्ट्रेलिया भिसा रद्द। सरकारद्वारा चरमपन्थी गतिविधिमाथि कडा कदम।

बाङ्ग्लादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

बाङ्ग्लादेशको विशेष अदालतले विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न...

Related Articles

spot_img
spot_imgspot_img