ट्रम्पको नयाँ भिसा नीति : पर्यटन र विश्वकप तयारीमा असर पर्ने चिन्ता

सन् २०२६ देखि लागू हुने यस विधेयकमा अधिकांश गैरआप्रवासी भिसा प्रकारमा अतिरिक्त २५० अमेरिकी डलर “भिसा इन्फ्रास्ट्रक्चर शुल्क” (Visa Integrity Fee) थपिने

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

वासिङ्टन — अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा प्रस्तावित नयाँ विधेयकले गैरआप्रवासी भिसा (जस्तै पर्यटन, अध्ययन तथा काम) शुल्कमा ठुलो वृद्धि गर्ने भएको छ। सन् २०२६ देखि लागू हुने यस विधेयकमा अधिकांश गैरआप्रवासी भिसा प्रकारमा अतिरिक्त २५० अमेरिकी डलर “भिसा इन्फ्रास्ट्रक्चर शुल्क” (Visa Integrity Fee) थपिने प्रावधान गरिएको छ।

यो विधेयकमा अमेरिकी हाउस जुडिसियरी समितिका रिपब्लिकन सांसदहरूले कुल २२ वटा नयाँ आप्रवासन शुल्कहरू प्रस्ताव गरेका छन्, जसको उद्देश्य “विदेशी नागरिकहरूलाई कानुनी प्रक्रियामा रहन प्रोत्साहित गर्नु” रहेको दाबी गरिएको छ। तर आलोचकहरूले भने यो कदम अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई निरुत्साहित गर्ने र अमेरिकी अर्थतन्त्रलाई नै घाटा हुने बताएका छन्।

 

अमेरिकी ट्राभल एशोसिएसनका अध्यक्ष ज्योफ फ्रीम्यानले भने, “कानुनी रूपमा अमेरिका आउने आगन्तुकमाथि शुल्क बढाउनु भनेको हाम्रो एक प्रमुख निर्यात — अन्तर्राष्ट्रिय ट्राभल खर्चमाथि आफैंले लगाएको कर हो।” उनले यसले अमेरिकाको पर्यटन क्षेत्रमा ठूलो नकारात्मक असर पार्ने दाबी गरे।

 

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिको संयुक्त रूपमा आयोजना गर्ने फुटबल विश्वकपका लागि अमेरिकी सहरहरू विशेष तयारीमा छन्। तर भिसा शुल्क वृद्धिको सन्देशले लाखौं समर्थकहरूको उपस्थितिमा असर पार्ने डर देखिएको छ। अमेरिकी सहरहरू आफ्ना रंगशालाहरूको आधा सीट विदेशी आगन्तुकले भरिने अपेक्षा गरिरहेका छन्।

यसैबीच ट्रम्प प्रशासनले हाल १२ देशमा लागु गरिएको अमेरिकी प्रवेश प्रतिबन्ध (ट्राभल ब्यान) लाई विस्तार गरी करिब ५० देशमा पुर्‍याउने तयारी गरेको समाचारले पनि थप चासो पैदा गरेको छ।

 

भिसा शुल्क वृद्धिको प्रस्तावले विशेष गरी पर्यटक, अन्तर्राष्ट्रिय विद्यार्थी तथा कामदारहरूलाई असर गर्नेछ। धेरैको आशंका छ कि यस्तो शुल्कले अमेरिकाको अन्तर्राष्ट्रिय छवि, व्यापार, शिक्षाक्षेत्र र पर्यटन राजस्वमा नकारात्मक असर पार्न सक्छ। विशेषगरी विश्वकप २०२६ जस्तो अन्तर्राष्ट्रिय मेगा इभेन्टको सन्दर्भमा यस्तो कदम समयअनुकूल नरहेको विज्ञहरूको भनाइ छ।

हाउस जुडिसियरी समितिको प्रेस कार्यालयले ट्राभल एशोसिएसनको दाबीबारे प्रतिक्रिया दिन नसकेको अमेरिकी मिडिया Forbes ले उल्लेख गरेको छ।

 

- Advertisement -

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

अष्ट्रेलियामा छठ पर्वको भव्य उत्सव: नेपाली मधेसी समुदायले बनायो गर्विलो पहिचान

मेलबर्न, अष्ट्रेलिया — अष्ट्रेलियामा रहेका नेपाली मधेसी समुदायले यस...

मेलबर्नमा तीव्र हावाहुरीको चेतावनी, घरबाहिर ननिस्कन आग्रह

मेलबर्न – आज (अक्टोबर २२, २०२५) बिहानदेखि भिक्टोरियाको अधिकांश...

अष्ट्रेलियामा सबैभन्दा धेरै स्थायी आप्रवासी भारतबाट, नेपाल ९औं स्थानमा

अष्ट्रेलिया — अष्ट्रेलिया आप्रवासन सन् २०२३–२४  कार्यक्रम (Australia’s Migration...

मेलबर्न एयरपोर्टमा स्थिर दरको ट्याक्सी सेवा सुरु, यात्रु ठगिबाट जोगिने

मेलबर्न एयरपोर्टले यात्रुहरूलाई ठगी र अवैध ट्याक्सी दलालबाट जोगाउन स्थिर दरको ट्याक्सी प्रणाली सुरु गरेको छ। अक्टोबर २४ देखि सुरु हुने यो परीक्षण कार्यक्रम अन्तर्गत यात्रुले कियोस्कमार्फत गन्तव्य प्रविष्ट गरी भाडा पहिले नै देख्ने र भुक्तानी गर्न सक्नेछन्। यो पहलले यात्रुलाई पारदर्शी, सुरक्षित र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

नेपाली विद्यार्थी बिपिन जोशी रहेनन्

हमासले आज फिर्ता गर्न लागेको चार बन्धकको शवको नाम...

Related Articles

spot_img
spot_imgspot_img