बाली-मेलबर्न उडानमा यात्रुको हंगामा, कुनै कानुनी कारबाही नहुने

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

बालीबाट मेलबर्न गइरहेको क्वान्टस उडानमा एक यात्रुको अराजक व्यवहारले तनावपूर्ण स्थिति सिर्जना भएको थियो। तर, अन्ततः उनी कुनै कानुनी झमेलामा नपर्ने भएका छन्।

३० वर्षीय पुरी सिद्दावाला ले डिसेम्बर २०२३ मा QF46 उडान को क्रममा हंगामा मच्चाएका थिए। उनले केबिन क्रुकी एक महिला सदस्यलाई “मलाई चुम्बन देऊ” भन्दै अचानक उनीतर्फ हाम्फालेका थिए।

यस घटनालाई यात्रुहरूले भिडियोमा कैद गरेका थिए, जसले विमानभित्र डर र अनिश्चितता सिर्जना गर्यो। धेरैलाई डर थियो कि उनको व्यवहारले उडान नै जोखिममा पार्न सक्थ्यो।

तर, शुक्रबार मेलबर्न म्याजिस्ट्रेट्स अदालतमा राष्ट्रमण्डल अभियोजनकर्ताहरू( Commonwealth prosecutors ) द्वारा सिद्दावालामाथिको सबै अभियोग खारेज गरेको घोषणा गरिएको थियो । उनी एक मानसिक स्वास्थ्य समस्याका कारण यस्तो अवस्थामा पुगेको निष्कर्ष निकाल्दै कानुनी कारबाही रोक्ने निर्णय गरिएको हो।

सिद्दावालाविरुद्ध विमानभित्र आक्रमण र ज्यान मार्ने धम्की दिएको आरोपमा एयर क्राइम्स एक्ट अन्तर्गत मुद्दा दायर गरिएको थियो। मेलबर्न अवतरणलगत्तै उनलाई अष्ट्रेलियन संघीय प्रहरीले नियन्त्रणमा लिए पनि अन्ततः कुनै कानुनी कारबाही नचलाउने निर्णय गरियो।

उनका वकिल, चर्चित अपराध कानून विशेषज्ञ जर्ज बालोट ले अदालतमा भने, “यो घटनामा स्वचालित मानसिक अवस्था (automatism) को कुरा उठेको छ, त्यसैले अभियोग फिर्ता लिइएको हो।”

एजेनसीको सहयोगमा प्रमोद के सोनीद्वारा समाचार लेखिएको हो।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img