Home अन्य बाली-मेलबर्न उडानमा यात्रुको हंगामा, कुनै कानुनी कारबाही नहुने

बाली-मेलबर्न उडानमा यात्रुको हंगामा, कुनै कानुनी कारबाही नहुने

0

बालीबाट मेलबर्न गइरहेको क्वान्टस उडानमा एक यात्रुको अराजक व्यवहारले तनावपूर्ण स्थिति सिर्जना भएको थियो। तर, अन्ततः उनी कुनै कानुनी झमेलामा नपर्ने भएका छन्।

३० वर्षीय पुरी सिद्दावाला ले डिसेम्बर २०२३ मा QF46 उडान को क्रममा हंगामा मच्चाएका थिए। उनले केबिन क्रुकी एक महिला सदस्यलाई “मलाई चुम्बन देऊ” भन्दै अचानक उनीतर्फ हाम्फालेका थिए।

यस घटनालाई यात्रुहरूले भिडियोमा कैद गरेका थिए, जसले विमानभित्र डर र अनिश्चितता सिर्जना गर्यो। धेरैलाई डर थियो कि उनको व्यवहारले उडान नै जोखिममा पार्न सक्थ्यो।

तर, शुक्रबार मेलबर्न म्याजिस्ट्रेट्स अदालतमा राष्ट्रमण्डल अभियोजनकर्ताहरू( Commonwealth prosecutors ) द्वारा सिद्दावालामाथिको सबै अभियोग खारेज गरेको घोषणा गरिएको थियो । उनी एक मानसिक स्वास्थ्य समस्याका कारण यस्तो अवस्थामा पुगेको निष्कर्ष निकाल्दै कानुनी कारबाही रोक्ने निर्णय गरिएको हो।

सिद्दावालाविरुद्ध विमानभित्र आक्रमण र ज्यान मार्ने धम्की दिएको आरोपमा एयर क्राइम्स एक्ट अन्तर्गत मुद्दा दायर गरिएको थियो। मेलबर्न अवतरणलगत्तै उनलाई अष्ट्रेलियन संघीय प्रहरीले नियन्त्रणमा लिए पनि अन्ततः कुनै कानुनी कारबाही नचलाउने निर्णय गरियो।

उनका वकिल, चर्चित अपराध कानून विशेषज्ञ जर्ज बालोट ले अदालतमा भने, “यो घटनामा स्वचालित मानसिक अवस्था (automatism) को कुरा उठेको छ, त्यसैले अभियोग फिर्ता लिइएको हो।”

एजेनसीको सहयोगमा प्रमोद के सोनीद्वारा समाचार लेखिएको हो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version