अमेरिकी डीभी–२०२७ ढिलाइ: नयाँ शुल्क, प्राविधिक अपडेटका कारण दर्ता खुल्ने मिति घोषणा हुन बाँकी

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

अमेरिकाको प्रतिष्ठित डाइभर्सिटी भिसा (DV) कार्यक्रमका लागि डीभी–२०२७ दर्ता अवधि अझै खुलेको छैन। हरेक वर्ष अक्टोबरको सुरुवातमै दर्ता खुल्ने परम्परा रहे पनि, यसपटक नयाँ १ अमेरिकी डलरको इलेक्ट्रोनिक दर्ता शुल्क र प्रणाली अपडेटका कारण औपचारिक मिति घोषणा नै नआएको अमेरिकी विदेश मन्त्रालय (U.S. Department of State) ले जनाएको छ।

अहिलेसम्म डीभी–२०२७ सम्बन्धी कुनै पनि सूचना नआएकाले इच्छुक आवेदकहरूलाई एक मात्र विश्वसनीय स्रोत—अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइट—नियमित रूपमा अनुसरण गर्न आग्रह गरिएको छ।
सूचना Diversity Visa Program Page वा Electronic Diversity Visa (E-DV) पोर्टलमै प्रकाशित हुन्छ।

सामान्यतः डीभी दर्ता अवधि करिब एक महिनासम्म खुल्ने गर्छ। तर यसपटक प्राविधिक परिमार्जनका कारण घोषणा केही समय लाग्ने अधिकारीहरूको अनुमान छ।

डीभी–२०२७ देखि पहिलोपटक १ अमेरिकी डलरको अन–रिफन्डेबल (फर्क नफर्किने) इलेक्ट्रोनिक दर्ता शुल्क अनिवार्य हुनेछ। यो शुल्क अनलाइन दर्ता गर्ने बेलामै तिर्नुपर्नेछ। पहिले–पहिले डीभी कार्यक्रम पूर्ण रूपमा निःशुल्क थियो, तर नयाँ प्रशासनिक परिवर्तनअन्तर्गत यो शुल्क थपिएको हो।

अधिकारिहरूले डीभी–२०२७ खुलिसकेको दाबी गर्ने नक्कली वेबसाइट, एजेन्ट, वा इमेल–फोनमार्फत प्रलोभन दिने व्यक्तिहरूबाट सावधान रहन चेतावनी दिएका छन्। “चिट्ठा पक्कै लाग्छ” भन्ने प्रस्ताव आधिकारिक नभएका माध्यमबाट पैसा माग्ने दर्ता खुलेको झूटो दाबी इमेल/फोनमार्फत ‘तपाईं छानिनुभयो’ भनी जानकारी दिने यी सबै ठगीका संकेत हुन्।
अमेरिकी सरकारले कहिल्यै इमेल, फोन वा चिठीमार्फत छानिएका व्यक्तिलाई सूचित गर्दैन। छनोट स्थिति जाँच्न केवल E-DV वेबसाइट मा आफ्नो Confirmation Number प्रयोग गर्नुपर्छ।

अधिकारीहरूले इच्छुक आवेदकहरूलाई अहिलेकै समयमा आवश्यक कागजात, विशेषत: ताजा र नियमअनुसारको फोटो तयार राख्न सुझाव दिएका छन्। दर्ता खुल्ने आधिकारिक सूचना नआउँदासम्म धीरज र सावधानी अपनाउन अनुरोध गरिएको छ। डीभी–२०२७ को दर्ता कहिले खुल्ने भन्नेबारे चासो बढिरहे पनि, अमेरिकी सरकारको आधिकारिक घोषणालाई नै विश्वसनीय आधार मानेर अघि बढ्न विशेषज्ञहरूको सुझाव छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img