दुर्गेश थापाको आवाजमा ‘कर्मा’ को गीत

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

गायक दुर्गेश थापाले चलचित्र कर्मा का लागि गीत गाएका छन्। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यो चलचित्रको गीतको आइतबार भिडियो छायांकन सम्पन्न भएको छ। दुर्गेशले गाएको गीत चलचित्रभित्र समावेश हुनेछ, जसमा विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायत कलाकारको अभिनय देख्न सकिनेछ।

यसैबीच, निर्माण टोलीले गायक सुशान्त केसीको आवाजमा रहेको पागल पागल जस्तै बोलको गीत आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। सुशान्तले यही चलचित्रमार्फत पार्श्व गायनमा डेब्यु गरेका छन्। यस गीतमा शब्द, संगीत र स्वर सबै सुशान्तकै रहेको छ।

एक्सन, ड्रामा र सस्पेन्स जनरामा निर्माण भएको कर्मा आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ रिलिज हुने तयारीमा छ। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमा ले लिएको छ।

चलचित्रमा विपीन, उपासना, मुकुनसहित दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा आदिको अभिनय छ। भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको कर्मा मा वसन्त लम्सालको लगानी छ। निर्देशक चौधरीको अघिल्लो फिल्म अगस्त्यः च्याप्टर १ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img