Home मनोरञ्जन कलिउड दुर्गेश थापाको आवाजमा ‘कर्मा’ को गीत

दुर्गेश थापाको आवाजमा ‘कर्मा’ को गीत

0

गायक दुर्गेश थापाले चलचित्र कर्मा का लागि गीत गाएका छन्। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यो चलचित्रको गीतको आइतबार भिडियो छायांकन सम्पन्न भएको छ। दुर्गेशले गाएको गीत चलचित्रभित्र समावेश हुनेछ, जसमा विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायत कलाकारको अभिनय देख्न सकिनेछ।

यसैबीच, निर्माण टोलीले गायक सुशान्त केसीको आवाजमा रहेको पागल पागल जस्तै बोलको गीत आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। सुशान्तले यही चलचित्रमार्फत पार्श्व गायनमा डेब्यु गरेका छन्। यस गीतमा शब्द, संगीत र स्वर सबै सुशान्तकै रहेको छ।

एक्सन, ड्रामा र सस्पेन्स जनरामा निर्माण भएको कर्मा आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ रिलिज हुने तयारीमा छ। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमा ले लिएको छ।

चलचित्रमा विपीन, उपासना, मुकुनसहित दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा आदिको अभिनय छ। भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको कर्मा मा वसन्त लम्सालको लगानी छ। निर्देशक चौधरीको अघिल्लो फिल्म अगस्त्यः च्याप्टर १ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version