ट्रम्पको नयाँ भिसा नीति : पर्यटन र विश्वकप तयारीमा असर पर्ने चिन्ता

सन् २०२६ देखि लागू हुने यस विधेयकमा अधिकांश गैरआप्रवासी भिसा प्रकारमा अतिरिक्त २५० अमेरिकी डलर “भिसा इन्फ्रास्ट्रक्चर शुल्क” (Visa Integrity Fee) थपिने

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

वासिङ्टन — अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा प्रस्तावित नयाँ विधेयकले गैरआप्रवासी भिसा (जस्तै पर्यटन, अध्ययन तथा काम) शुल्कमा ठुलो वृद्धि गर्ने भएको छ। सन् २०२६ देखि लागू हुने यस विधेयकमा अधिकांश गैरआप्रवासी भिसा प्रकारमा अतिरिक्त २५० अमेरिकी डलर “भिसा इन्फ्रास्ट्रक्चर शुल्क” (Visa Integrity Fee) थपिने प्रावधान गरिएको छ।

यो विधेयकमा अमेरिकी हाउस जुडिसियरी समितिका रिपब्लिकन सांसदहरूले कुल २२ वटा नयाँ आप्रवासन शुल्कहरू प्रस्ताव गरेका छन्, जसको उद्देश्य “विदेशी नागरिकहरूलाई कानुनी प्रक्रियामा रहन प्रोत्साहित गर्नु” रहेको दाबी गरिएको छ। तर आलोचकहरूले भने यो कदम अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई निरुत्साहित गर्ने र अमेरिकी अर्थतन्त्रलाई नै घाटा हुने बताएका छन्।

 

अमेरिकी ट्राभल एशोसिएसनका अध्यक्ष ज्योफ फ्रीम्यानले भने, “कानुनी रूपमा अमेरिका आउने आगन्तुकमाथि शुल्क बढाउनु भनेको हाम्रो एक प्रमुख निर्यात — अन्तर्राष्ट्रिय ट्राभल खर्चमाथि आफैंले लगाएको कर हो।” उनले यसले अमेरिकाको पर्यटन क्षेत्रमा ठूलो नकारात्मक असर पार्ने दाबी गरे।

 

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिको संयुक्त रूपमा आयोजना गर्ने फुटबल विश्वकपका लागि अमेरिकी सहरहरू विशेष तयारीमा छन्। तर भिसा शुल्क वृद्धिको सन्देशले लाखौं समर्थकहरूको उपस्थितिमा असर पार्ने डर देखिएको छ। अमेरिकी सहरहरू आफ्ना रंगशालाहरूको आधा सीट विदेशी आगन्तुकले भरिने अपेक्षा गरिरहेका छन्।

यसैबीच ट्रम्प प्रशासनले हाल १२ देशमा लागु गरिएको अमेरिकी प्रवेश प्रतिबन्ध (ट्राभल ब्यान) लाई विस्तार गरी करिब ५० देशमा पुर्‍याउने तयारी गरेको समाचारले पनि थप चासो पैदा गरेको छ।

 

भिसा शुल्क वृद्धिको प्रस्तावले विशेष गरी पर्यटक, अन्तर्राष्ट्रिय विद्यार्थी तथा कामदारहरूलाई असर गर्नेछ। धेरैको आशंका छ कि यस्तो शुल्कले अमेरिकाको अन्तर्राष्ट्रिय छवि, व्यापार, शिक्षाक्षेत्र र पर्यटन राजस्वमा नकारात्मक असर पार्न सक्छ। विशेषगरी विश्वकप २०२६ जस्तो अन्तर्राष्ट्रिय मेगा इभेन्टको सन्दर्भमा यस्तो कदम समयअनुकूल नरहेको विज्ञहरूको भनाइ छ।

हाउस जुडिसियरी समितिको प्रेस कार्यालयले ट्राभल एशोसिएसनको दाबीबारे प्रतिक्रिया दिन नसकेको अमेरिकी मिडिया Forbes ले उल्लेख गरेको छ।

 

- Advertisement -

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img