अष्ट्रेलियामा विद्यार्थी भिसा दुरुपयोगबारे गृह मन्त्रालयको चेतावनी

दक्षिण एशियाली क्षेत्रबाट बढ्दै integrity जोखिम

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

अष्ट्रेलियाको Department of Home Affairs (DHA) ले हालै विद्यार्थी भिसा प्रणालीमा देखिन थालेका गम्भीर दुरुपयोग र integrity (विश्वसनीयता) जोखिम बारे औपचारिक चेतावनी जारी गरेको छ। मन्त्रालयका अनुसार केही विद्यार्थी भिसा आवेदकहरूले नक्कली वा कागजात–छेडछाड गरिएका पासपोर्ट प्रयोग गर्ने घटना पत्ता लागेका छन्, जसले समग्र भिसा प्रणालीको सुरक्षा र विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।

DHA का अनुसार दक्षिण एशियाली देशहरूबाट आउने आवेदनमध्ये केहीमा शंकास्पद गतिविधि भेटिएको छ।
भिसा एजेन्टहरूको दुरुपयोग, झुटा कागजात, बनावटी शैक्षिक प्रमाणपत्र, र भिसा पाएको पछि अध्ययन छोडेर काममा लाग्ने प्रवृत्तिले अष्ट्रेलियाको विद्यार्थी भिसा कार्यक्रम कमजोर पार्ने संकेत देखिएको मन्त्रालयले बताएको छ।

अधिकारीहरूले भनी दिएका छन् कि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई सुरक्षा दिन कडा मूल्यांकन प्रक्रिया, कागजात प्रमाणीकरण, र जोखिमयुक्त क्षेत्रका आवेदनहरूमा अतिरिक्त जाँच लागू गर्दैछ।
विद्यार्थी भिसा अब बढी सावधानीसाथ मूल्यांकन गरिने भएकाले प्रक्रियामा ढिलाइ वा कडाइ हुन सक्ने चेतावनी पनि दिइएको छ।

गृह मन्त्रालयका अनुसार, यी कदमहरू वैध र वास्तविक विद्यार्थीहरूलाई संरक्षण गर्न र अष्ट्रेलियाको शिक्षा प्रणालीलाई दुरूपयोगबाट जोगाउन आवश्यक छन्।
सरकारले भनेको छ—“जो विद्यार्थी वास्तवमै पढ्न आउँछन्, उनीहरूलाई कुनै समस्या हुँदैन; समस्या सिर्जना गर्ने दुव्र्यवहारलाई मात्र कडाइ गर्ने हो।”

विद्यार्थी र एजेन्टका लागि सन्देश

  • केवल वैध कागजातहरू प्रयोग गर्नू
  • अनधिकृत एजेन्ट, असामान्य शुल्क, वा “भिसा पक्का” भन्ने धोखाधडीबाट सावधान रहनू
  • आवेदन अघि पासपोर्ट, बैंक स्टेटमेन्ट, र शैक्षिक कागजात जाँच गर्नू

अष्ट्रेलियाको शिक्षा र आव्रजन प्रणालीमा दुरुपयोग बढ्दै जाँदा सरकारले कडाइ गर्न थालेको संकेत यस चेतावनीबाट स्पष्ट भएको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img