Home विश्व बाङ्ग्लादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

बाङ्ग्लादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

0
nepali community news australia
पूर्व बंगलादेशी प्रधानमन्त्रीलाई गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि घातक दमन गर्न आदेश दिएको अभियोगमा दोषी ठहर गरिएको छ

बाङ्ग्लादेशको विशेष अदालतले विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र “मानवताविरोधी अपराध” गरेको आरोपमा सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमबार हसिनासहित उनका मन्त्रिपरिषद्का आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो।

गत वर्ष सुरु भएको विद्यार्थी आन्दोलनले उच्च तहको उत्कर्ष पाएपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार उक्त आन्दोलनका क्रममा करिब १,४०० जनाको मृत्यु भएको थियो।

सत्ताच्युत भएपछि हसिना भारतमा रहिरहेकी छन्। उनी अनुपस्थित रहेकाले मुद्दा अदालतमा उनको नभेटिकनै चलेको थियो। उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आइरहेकी छन्।

गत साता बीबीसीलाई पठाएको इमेलमा हसिनाले आफ्नो अनुपस्थितिमा राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा नियन्त्रण गरिएको “क्याङ्गरू कोर्ट” मा सुनुवाइ भएको भन्दै त्यसलाई “नौटङ्की”को संज्ञा दिएकी थिइन्।

फैसला सुनाउने दिन अदालतमा १०० भन्दा बढी वकिल, मृतकका आफन्त र सञ्चारकर्मीहरू उपस्थित थिए। मृत्युदण्डको फैसला पढाइँदा अदालतभित्र र बाहिर केही मानिसहरूले हर्षोल्लास व्यक्त गरेका थिए।

इजलासका अध्यक्ष न्यायाधीशले हसिनासहितका पदाधिकारीहरू विरुद्धको सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसाको विवरण विस्तारपूर्वक पढेर सुनाएका थिए।

अदालत बाहिर एक समूहले हसिनालाई फाँसी दिनुपर्ने नाराबाजी गरेको थियो। तर अदालतको मर्यादा कायम राख्न आग्रह गरेपछि केही बेरमै माहौल शान्त भएको थियो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version