Home अस्ट्रेलिया भिक्टोरियाको मेरिबरोहमा घरमा आगलागी, एक जनाको मृत्यु

भिक्टोरियाको मेरिबरोहमा घरमा आगलागी, एक जनाको मृत्यु

0
photo credit: 9News

भिक्टोरियाको मेरिबरोहमा भएको घर आगलागीमा एक पुरुषको मृत्यु भएको छ भने दुई वर्षीय बालकलाई गम्भीर अवस्थामा एयरलिफ्ट गरेर अस्पताल लगिएको छ।

बिहीबार बिहान करिब ११:४० बजे मेरिबरोहको बार स्ट्रीटस्थित एक तल्ले घरमा आगलागी भएको जानकारी पाएपछि दमकल टोली घटनास्थलमा पुगेको थियो।

घटनामा दुई महिलाहरू (एक ३० वर्षकी र अर्की ६० वर्षकी) तथा तीन वर्षीय बालक सामान्य चोटपटक लिएर घटनास्थलमै उपचार गरिएको छ। तर, दुई वर्षीय बच्चा हृदयघात भएको आशंकामा गम्भीर अवस्थामा एयर एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको छ।

यस आगलागीमा एक पुरुषको ज्यान गएको छ, तर उनको औपचारिक पहिचान गरिएको छैन।

प्रहरीका अनुसार घरमा रहेका सबै व्यक्ति पारिवारिक सदस्यहरू हुन्। आगलागीको कारण पत्ता लगाउन बिहीबार नै एक आगलागी अनुसन्धान विज्ञ (आर्सन केमिस्ट) घटनास्थलमा पुग्नेछन्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version