अष्ट्रेलियामा व्यवसायीक सुरक्षाको संकट: सरकारको उदासीनता र नेपाली समुदायको चुनौती

विशेष समाचार विश्लेषण — नेपाली संचार न्यूज डेस्क

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

अष्ट्रेलियामा व्यवसायीक सुरक्षाको अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ। विशेषतः नेपाली समुदायका गहना पसलमा लगातार लुटपाट र डकैतीको शिकार भइरहेका छन्। पछिल्लो समयमा ब्रिसबेन, मेलबर्न, र सिड्नी जस्ता शहरहरूमा नेपाली व्यवसायीहरू लक्षित आक्रमणको सामना गरिरहेका छन्।

ब्रिसबेनको चम्साईडमा रहेको श्री गणेश ज्वेलर्समा चार जना नकाबधारी लुटेराहरूले सञ्चालक विजय सुनारलाई हथौडाले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। यस्तै, मेलबर्नको कोबर्ग क्षेत्रमा पनि केही महिना अघि सुन पसलमा लुटपाट भएको थियो। कारको सहायताले सटर फोडेर लुटपाट गरिएको थियो।

त्यस्तै हिजो अपराह्न करिब ४:४० बजे सिड्नीमा पिट स्ट्रिटको छेउमा रहेको एक आर्केडभित्रको सिल्भा एण्ड गोल्डी गहना पसलमा चोरीको घटना भएको थियो , जहाँ एक व्यक्तिले कर्मचारीहरूलाई धम्की दिएर तिजोरी खोल्न बाध्य बनाई हजारौं डलर बराबरको गहना लुटेर लगे।

एक हप्ता अघि मेलबर्नको ब्रन्सविकस्थित सिड्नी रोडमा ६ वटा व्यवसायहरूमा आक्रमण भएको थियो। लुटेराहरूले पसलको अगाडिको सिसा फुटाएर नगद चोरी गरेका थिए। यस्तै, Apsara Massage मा तीन जना लुटेराहरूले माछेटी देखाएर नगद लुटेका थिए। यस्ता घटनाहरूले व्यवसायीक सुरक्षामा गम्भीर प्रश्न उठाएका छन्।

व्यवसायीहरू बताउँछन् कि प्रहरी अनुसन्धानमा खास चासो नदिएको, बरु बिमा दावी गर्न सुझाव मात्र दिने प्रवृत्ति रहेको छ। यो अवस्था निराशाजनक मात्र होइन, समुदायप्रतिको सरकारी उदासीनताको स्पष्ट उदाहरण पनि हो।

धेरै व्यवसायीहरू बिमा दावी गर्दा प्रिमियम बढ्ने डरले दावी गर्न हिच्किचाउँछन्। साना व्यवसायीहरूका लागि बिमा प्रिमियम नै ठूलो बोझ बन्ने गरेको छ। यसले व्यवसायीहरूलाई थप आर्थिक संकटमा पारिरहेको छ।

सरकार र प्रहरी प्रशासनले निम्न उपायहरू अवलम्बन गर्न आवश्यक छ:

  1. सुरक्षा प्रविधिको प्रयोग: HD CCTV, motion sensors, reinforced glass, silent alarms जस्ता आधुनिक प्रविधि तत्काल सबै पसलहरूमा लागू गर्नुपर्छ।

  2. समुदाय आधारित ‘Business Safety Watch’ गठन: नेपाली व्यवसायीहरूको एकता र सञ्जाल निर्माण गरी आपसमा जानकारी, सुरक्षा उपाय, र शंका लाग्दो गतिविधिहरूको रिपोर्ट साझा गर्न सकिने प्रणाली स्थापना गर्नु आवश्यक छ।

  3. प्रहरी र सरकारसँग नियमित संवाद: एनआरएन र अन्य सामुदायिक संघसंस्थाले प्रहरीसँग नियमित बैठक राखी नेपाली व्यवसायीहरूको अवस्थाबारे जानकारी दिनुपर्छ।

  4. साझा कानुनी सहयोग केन्द्र स्थापना: घटनापछि पीडित व्यवसायीहरूलाई बिमा, कानुनी प्रक्रिया र सहायता पाउन सहज होस् भन्नका लागि सामुदायिक स्तरमा एक कानुनी सहायता केन्द्रको खाँचो छ।

  5. सामुदायिक छलफल र दबाब कार्यक्रमहरू: ११ जुन २०२५ मा एनआरएन क्वीन्सल्याण्डको कार्यालयमा आयोजना हुने सामुदायिक छलफलमा सबै व्यवसायी, नेताहरू, तथा युवाहरूको सहभागिता जरुरी छ।

एनआरएन क्वीन्सल्याण्ड संयोजक शम्भु गाईसीले घटनालाई गम्भीर बताउँदै विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा अपराधको निष्पक्ष छानबिन, अपराधीलाई कारवाही र नेपाली व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरिएको छ। NRNA Australia ले पनि घटनाको कडा शब्दमा निन्दा गर्दै “community targeted attack” भन्दै चिन्ता व्यक्त गरेको छ।

अष्ट्रेलियामा व्यवसायीक सुरक्षाको अवस्था गम्भीर संकटमा छ। सरकार र प्रहरी प्रशासनले तत्काल कदम नचाले व्यवसायीहरूको भविष्य अन्धकारमय बन्न सक्छ। नेपाली समुदायले एकजुट भएर सरकार र प्रहरी प्रशासनमाथि दबाब दिनु आवश्यक छ। अब मौन बस्ने बेला होइन, सुरक्षाको लागि आवाज उठाउने समय आएको छ।

विशेष समाचार विश्लेषण — प्रमोद के सोनी ,नेपाली संचार न्यूज डेस्क

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको काम गर्ने समय २४ देखि ६० घण्टा बढाउने प्रस्ताव

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन अवधिमा काम गर्न पाउने घण्टा ४८ बाट ६० पुर्‍याउने प्रस्ताव अहिले व्यापक चर्चामा छ।

अष्ट्रेलियाले 2025–26 का लागि राज्य र प्रदेश नामांकन कोटा सार्वजनिक गर्‍यो

अष्ट्रेलियाले २०२५–२६ का लागि राज्य र प्रदेशहरूलाई Skilled visa...

अमेरिकी डीभी–२०२७ ढिलाइ: नयाँ शुल्क, प्राविधिक अपडेटका कारण दर्ता खुल्ने मिति घोषणा हुन बाँकी

अमेरिकाको प्रतिष्ठित डाइभर्सिटी भिसा (DV) कार्यक्रमका लागि डीभी–२०२७ दर्ता...

अष्ट्रेलियामा सी–फुड लेबलिङ कडाइ: गलत जानकारी दिए रेस्टुरेन्टलाई लाखौँ डलर जरिवाना

अष्ट्रेलियामा सी–फुड खानेहरूको आवाज अब सरकारसम्म पुगेको छ। धेरै...

NSW संसदअगाडि नियो–नाजी प्रदर्शनमा सहभागी दक्षिण अफ्रिकी नागरिक म्याथ्यु ग्रुटरको अष्ट्रेलिया भिसा रद्द

NSW संसदअगाडि नियो–नाजी प्रदर्शनमा सहभागी दक्षिण अफ्रिकी नागरिक म्याथ्यु ग्रुटरको अष्ट्रेलिया भिसा रद्द। सरकारद्वारा चरमपन्थी गतिविधिमाथि कडा कदम।

बाङ्ग्लादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

बाङ्ग्लादेशको विशेष अदालतले विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न...

Related Articles

spot_img
spot_imgspot_img