नेपालीको सुरक्षामा प्राथमिकता: परराष्ट्रमन्त्री डा. राणाको निर्देशन

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

इजरायल र इरानबीच पछिल्ला दिनमा चुलिँदो तनावसँगै ती मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गम्भीर चासो व्यक्त गरेकी छन्। उनले सम्बद्ध देशमा कार्यरत नेपाली राजदूतहरूलाई उच्च सतर्कताका साथ नेपालीको सुरक्षामा सक्रिय रुपमा लाग्न निर्देशन दिएकी छन्।

मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरूसँग टेलिफोन संवाद गर्दै नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न, स्थानीय सुरक्षा सूचनाको नियमित अद्यावधिक जानकारी दिन र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ५,५०० नेपाली र इरानमा १२ नेपाली रहेको जानकारी प्राप्त भएको छ, र सबै सुरक्षित रहेको पुष्टि गरिएको छ। मन्त्रालयले विकसित परिस्थितिलाई नेपाल सरकारले नजिकबाट अनुगमन गरिरहेको र आवश्यक परेमा थप कदम चालिने जनाएको छ।

साथै, मन्त्रालयले कुनै आपत्कालीन अवस्था वा जानकारीका लागि निम्न सम्पर्क बिन्दुहरू सार्वजनिक गरेको छ:

इजरायल (तेल अभिभ) स्थित नेपाली राजदूतावास

  • उप-प्रमुख/प्रवक्ता: कुमारबहादुर श्रेष्ठ

  • फोन: +९७२–५३५३६०७४८, ०३५१००१११

  • इमेल: nepalembassy@012.net.il

कतार (दोहा) स्थित नेपाली राजदूतावास

  • मिनिष्टर काउन्सेलर/उप-प्रमुख: कुमार राई

  • फोन: +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२

  • इमेल: eondoha@mofa.gov.np

नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरूको सुरक्षा र हित सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अवलम्बन गरिरहेको स्पष्ट पारेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

भिक्टोरियामा अब रेल भाडा आधा र सेवा व्यापक थपिँदैछ

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि...

भिक्टोरियाली सवारी चालकहरूलाई दर्ता शुल्कमा २० प्रतिशत छुटको राहत

मेलबर्न, १ मे २०२६ बढ्दो महँगी र इन्धनको मूल्य वृद्धिलाई...

सिड्नीको चाइल्डकेयर सेन्टरमा सुतिरहेका बालकहरूलाई थप्पड हानेको आरोप — नेपाली नागरिक पक्राउ

अस्ट्रेलियाको सिड्नीको पश्चिमी भागमा रहेको एउटा चाइल्डकेयर सेन्टरमा सुतिरहेका...

मेलबर्नमा एम आर आर भजन मेलबर्नको पहिलो कार्यक्रम सम्पन्न

मेलबर्न, २६ अप्रिल २०२६ — परदेशमा रहेर पनि आफ्नो...

क्वीन्सल्यान्ड स्वास्थ्य विभाग अधिकारी इरानी राजनयिकको छोरी भएको खुलासा

क्वीन्सल्यान्ड हेल्थ विभागमा डेटा एनालिस्टको रूपमा कार्यरत एक महिला...

Related Articles

spot_img
spot_imgspot_img