Home नेपाल खबर नेपालीको सुरक्षामा प्राथमिकता: परराष्ट्रमन्त्री डा. राणाको निर्देशन

नेपालीको सुरक्षामा प्राथमिकता: परराष्ट्रमन्त्री डा. राणाको निर्देशन

0

इजरायल र इरानबीच पछिल्ला दिनमा चुलिँदो तनावसँगै ती मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गम्भीर चासो व्यक्त गरेकी छन्। उनले सम्बद्ध देशमा कार्यरत नेपाली राजदूतहरूलाई उच्च सतर्कताका साथ नेपालीको सुरक्षामा सक्रिय रुपमा लाग्न निर्देशन दिएकी छन्।

मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरूसँग टेलिफोन संवाद गर्दै नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न, स्थानीय सुरक्षा सूचनाको नियमित अद्यावधिक जानकारी दिन र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ५,५०० नेपाली र इरानमा १२ नेपाली रहेको जानकारी प्राप्त भएको छ, र सबै सुरक्षित रहेको पुष्टि गरिएको छ। मन्त्रालयले विकसित परिस्थितिलाई नेपाल सरकारले नजिकबाट अनुगमन गरिरहेको र आवश्यक परेमा थप कदम चालिने जनाएको छ।

साथै, मन्त्रालयले कुनै आपत्कालीन अवस्था वा जानकारीका लागि निम्न सम्पर्क बिन्दुहरू सार्वजनिक गरेको छ:

इजरायल (तेल अभिभ) स्थित नेपाली राजदूतावास

  • उप-प्रमुख/प्रवक्ता: कुमारबहादुर श्रेष्ठ

  • फोन: +९७२–५३५३६०७४८, ०३५१००१११

  • इमेल: nepalembassy@012.net.il

कतार (दोहा) स्थित नेपाली राजदूतावास

  • मिनिष्टर काउन्सेलर/उप-प्रमुख: कुमार राई

  • फोन: +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२

  • इमेल: eondoha@mofa.gov.np

नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरूको सुरक्षा र हित सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अवलम्बन गरिरहेको स्पष्ट पारेको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version