मेलबर्न, जुलाई २७ — अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सम्पन्न गैरआवासीय नेपाली संघ (NRNA) को निर्वाचन २०२५–२०२७ अन्तर्गत शनिबार, जुलाई २६ मा सम्पन्न मतदानमा महादेव धानुक विजयी भई भिक्टोरिया राज्य संयोजक पदमा निर्वाचित भएका छन्।
निर्वाचनपछि उनले सामाजिक सञ्जालमार्फत “Thank You, Victoria! 🙏🇳🇵” भन्दै सबै समर्थक, मतदाता र स्वयंसेवकहरूलाई धन्यवाद दिएका छन्।
“म अत्यन्तै आभारी छु — मलाई र मेरो टिमलाई विश्वास गर्ने, समर्थन गर्ने र मत दिने सम्पूर्णप्रति आभार प्रकट गर्दछु। यो जित हाम्रो टीमको प्रतिबद्धता, स्वयंसेवकहरूको मेहनत र तपाईहरूको माया बिना सम्भव हुने थिएन।”
— महादेव धानुक
उनले थप लेखे,
“जित वा हार प्रक्रिया हो — एनआरएनए सम्पूर्ण नेपालीहरूको हो। अब हामी सकारात्मक सोचका साथ प्रवासी नेपाली र सम्पूर्ण समुदायको हितमा काम गर्नेछौं। प्रतिष्पर्धी टीमलाई पनि सम्मान प्रकट गर्दछु जसले यो निर्वाचन मर्यादित र प्रेरणादायी बनायो।”
नव निर्वाचित टीमले आगामी दुई वर्षमा समुदायको हितमा समर्पित भई काम गर्ने वाचा गरेको छ।
निर्वाचित पदाधिकारीहरू:
SCC VIC Coordinator
-
महादेव धानुक
SCC VIC Deputy Coordinator
-
साशेन्द्र गौतम केसी
SCC VIC Secretary
-
राशी सिंह
SCC VIC Joint Secretary
-
सुसान सुबेदी (मदन)
SCC VIC Treasurer
-
सागर साही
SCC VIC Members
-
त्रिबेन्द्र खत्री
-
प्रदीप मिश्र
-
सज्जन शर्मा
-
प्रकाश अधिकारी
-
हिकमत रनामगर
-
सबिन श्रेष्ठ
-
रोहित बस्नेत
-
आशिल गौतम
SYF VIC Coordinator
-
गौरव सुनार
SYF VIC Deputy Coordinator
-
बाम बहादुर कुँवर
SYF VIC Members
-
आशिष गैरे
-
बिबेक खत्री
-
जङ्गबु शेर्पा
-
रविन्द्र राज रेग्मी
-
सुरेश सोती
SNN VIC Coordinator
-
बिनादेवी अधिकारी
SNN VIC Deputy Coordinator
-
लालीशा थापा
SNN VIC Members
-
बीना महर्जन
-
मीना मल्ला
-
राजानी श्रेष्ठ
-
रिजुप्रिया पौडेल
-
सकुंतला केसी
NCC Members from Victoria
-
एकराज बस्नेत
-
रमेश खड्का
-
तारा गैरे
यो निर्वाचनले भिक्टोरिया राज्यका नेपाली समुदायमा नया नेतृत्व र उत्साहको लहर ल्याएको छ। नव निर्वाचित नेतृत्वले आफूहरूको कार्यकालमा नेपाली समुदायको विभिन्न चासो र समस्यामा काम गर्ने र प्रवासी नेपालीको जीवनस्तर उकास्नको लागि निरन्तर प्रयास गर्ने वाचा गरेको छ। आगामी दुई वर्षमा यस नयाँ नेतृत्वको मार्गदर्शनमा नेपाली समुदाय अझै सशक्त र एकजुट बनाउने पक्का छ।
सर्वोत्तम मापदण्डका साथ र मानवाधिकार, सामाजिक न्याय र समानताको क्षेत्रमा काम गर्दै यो निर्वाचन नेपाल र प्रवासी नेपाली समुदायका लागि एक नयाँ पाटो को रुपमा चिनिन्छ।