Home अस्ट्रेलिया भिक्टोरिया ७६ वर्षीया महिलालाई ठक्कर दिएर भ्यान फरार, चालकको खोजीमा प्रहरी

७६ वर्षीया महिलालाई ठक्कर दिएर भ्यान फरार, चालकको खोजीमा प्रहरी

0
नोबल पार्क नर्थमा भएको एउटा सवारी दुर्घटनामा संलग्न भ्यान चालकको पहिचान गर्न अस्ट्रेलियाको प्रहरीले जनतासँग सहयोग मागेको छ।

प्रहरी अनुसन्धान अनुसार, ५ जुलाई शनिबार बिहान करिब ६:३० बजे एक ७६ वर्षीया महिला बार्कर्स रोड हुँदै हिँडिरहेकी थिइन्। जब उनी इगल ड्राइभ क्रस गर्दै थिइन्, त्यही बेला एउटा भ्यानले उनलाई ठक्कर दिएको थियो।

महिलाको शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनी अंग्रेजी बोल्न सक्दिनन् तर उनले आफू बस्ने ठेगाना देखाएर चालकलाई बताएकी थिइन्। चालकले उनलाई घरको बाहिरसम्म पुर्‍याएर गाडी लिएर हिँडेका थिए। उनीहरूबीच नाम, नम्बर वा अन्य विवरण आदानप्रदान भएको थिएन।

पछि एम्बुलेन्स बोलाएर स्वास्थ्यकर्मीहरूले महिलाको जाँच गरे र उनलाई अस्पताल लगिएको थियो।

प्रहरीले अब यो घटनामा संलग्न भएको आशंका गरिएको भ्यानको तस्बिर र सीसीटीभी फुटेज सार्वजनिक गरेको छ।

यदि कसैले यो दुर्घटना देखेका छन्, वा तपाईंसँग ड्यासक्याम वा सीसीटीभी फुटेज छ भने, वा तपाईंले केही जानकारी दिन सक्नुहुन्छ भने, Crime Stoppers मा १८०० ३३३ ००० मा फोन गर्न वा www.crimestoppersvic.com.au मा अनलाइन रिपोर्ट दिन अनुरोध गरिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version