Home विश्व बङ्गलादेश वायुसेनाको तालिम विमान दुर्घटना, हालसम्म २७ जनाको मृत्यु

बङ्गलादेश वायुसेनाको तालिम विमान दुर्घटना, हालसम्म २७ जनाको मृत्यु

0
Your browser does not support the video tag. https://www.nepalisancharradio.com/wp-content/uploads/2025/07/bangladesh-plane-crash-2025.mp4

अपडेट: ढाका, जुलाई २२ — बंगलादेशको राजधानी ढाकास्थित एक विद्यालयमा लडाकु विमान दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश विद्यालयका बालबालिका रहेका छन्। यसअघि २० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको थियो।

सरकारी अधिकारी सैयदुर रहमानका अनुसार, “हालसम्म २७ जनाको ज्यान गइसकेको पुष्टि भइसकेको छ। तीमध्ये २५ जना बालबालिका र एक जना विमानका पाइलट हुन्।”

सिनो-निर्मित एफ–७ बीजेआई लडाकु विमान सोमबार माइलस्टोन स्कूल एण्ड कलेज माथि खस्दा यो भयावह दुर्घटना भएको हो। दुर्घटना त्यतिबेला भएको थियो जब कक्षाको समय सकिएर विद्यार्थीहरू विद्यालयबाट निस्किरहेका थिए।

यो पछिल्ला दशकहरूमै बंगलादेशको सबैभन्दा घातक हवाई दुर्घटना हो। घटनामा १७० भन्दा बढी घाइते भएका छन्, जसमा गम्भीर अवस्थाका बिरामीहरू अस्पतालमा उपचाररत छन्।

स्थानीय बासिन्दाहरूले मृत्युको संख्या अझ बढी हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार केही बालबालिकाको मृत्यु रिपोर्ट नभएको हुनसक्छ र मृत्युको वास्तविक सङ्ख्या लुकाइएको हुनसक्छ।

सरकारले दुर्घटनाको छानबिन सुरु गरिसकेको छ भने प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ।

—————————————————–

बङ्गलादेशको राजधानी ढाकामा सोमबार दिउँसो वायुसेनाको एक तालिम विमान विद्यालयको भवनमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। मृतकमध्ये अधिकांश विद्यार्थीहरू छन् भने दुर्घटनामा विमानका पाइलट समेत मारिएका छन्।

बङ्गलादेश सेनाका अनुसार चिनियाँ निर्मित F-7 BGI लडाकु विमान ढाकाको कुर्मिटोला क्षेत्रस्थित वायुसेना आधारशिविरबाट दिउँसो १:०६ बजे उडेको केही क्षणमै उड्डयनमा समस्या आएर उत्तरा क्षेत्रमा रहेको मिलस्टोन स्कुल एन्ड कलेजको भवनमा खसेको हो। विमान खस्ने बित्तिकै आगलागी भएको थियो।

बङ्गलादेश फायर सर्भिस एन्ड सिभिल डिफेन्सका अनुसार १९ जनाको ज्यान गएको छ भने ११६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। धेरै घाइतेहरू गम्भीर रूपमा जलेका छन्। अस्पतालहरूमा आपतकालीन सेवा सञ्चालनमा ल्याइएको छ।

दुर्घटनापछि बङ्गलादेश सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ। देशभरका सरकारी निकायहरूमा झण्डा आधा झुकाइएको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा पाइलट फ्लाइट लेफ्टिनेन्ट मो. तौकीर इस्लामले विमानलाई जनघनत्व भएको क्षेत्रबाट टाढा लैजाने प्रयास गरे तापनि दुर्भाग्यवश मिलस्टोन स्कुलको दुईतले भवनमा ठोक्किएको उल्लेख गरिएको छ।

वायुसेनाले दुर्घटनाको प्रारम्भिक कारण प्राविधिक गडबडी भएको जनाएको छ भने विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिएको छ।

यो दुर्घटना पछिल्लो दशकमा बङ्गलादेशमा भएको सबैभन्दा ठूलो सैन्य विमान दुर्घटनामध्ये एक मानिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version