नेपाली नयाँ वर्ष २०८२ को क्यालेन्डरमा अष्ट्रेलियाका नेपाली बालबालिकाका कविता प्रकाशित

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

सिड्नी, मार्च २२ – अनलाईन जुममार्फत गत मार्च २२ तारिख शनिवार बिहान ९ बजे सम्पन्न भएको एक विशेष कार्यक्रममा अनेसास न्यु साउथ वेल्स च्याप्टरको संयोजनमा अष्ट्रेलियामा रहेका नेपाली बालबालिकाले वाचन गरेका कविताहरू नेपाली नयाँ वर्ष २०८२ को क्यालेन्डरमा प्रकाशित भएका छन्।

यो विशेष कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिप्रति बालबालिकामा अभिरुचि जगाउने प्रयासस्वरूप आयोजना गरिएको थियो। कार्यक्रममार्फत बालबालिकाले आफ्ना सिर्जना वाचन गरेका थिए, जसलाई समेटेर आकर्षक क्यालेन्डर तयार गरिएको छ।

क्यालेन्डर निर्माणको सम्पूर्ण प्रक्रियामा अभिभावकहरूले नानीबाबुलाई कविता लेख्न प्रेरित गरे, कार्यक्रमका दिन साथ दिएर वाचनमा सहयोग गरे। बाल समिति तथा सम्पूर्ण टिमको समर्पण उल्लेखनीय रह्यो।

क्यालेन्डरको सम्पादन र प्रकाशन कार्यमा डा. प्रकाश पौडेल (सल्लाहकार), विष्णु घिमिरे र सुदीप श्रेष्ठको अतुलनीय योगदान रह्यो। छपाइ कार्यमा शब्दार्थ प्रकाशन र विनय शर्माको मेहनत प्रेरणादायक रह्यो। त्यस्तै, क्यानडाबाट विष्णुजीले पुर्‍याएको सहयोग पनि अत्यन्त प्रसंसनीय रहेको छ।

यस कार्यलाई सफल बनाउन आर्थिक सहयोग, शुभकामना तथा विज्ञापनद्वारा साथ दिने सम्पूर्ण नेपाली मनहरूलाई आयोजकहरूद्वारा हार्दिक आभार प्रकट गरिएको छ।

“सम्पूर्णमा क्यालेन्डर लिएर सहयोग एवं हौसला दिनु हुन हार्दिक अनुरोध छ,” बाल संयोजक सुरेन उप्रेती (क्यानडा) ले भावुक मन्तव्य दिएका छन्।

यो क्यालेन्डर नेपाली बालबालिकाको सिर्जनात्मकता, संस्कृतिप्रतिको निष्ठा र सामुदायिक सहयोगको एक अनुपम उदाहरण बनेको छ।

 

- Advertisement -

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img