Home अस्ट्रेलिया नेपाली नयाँ वर्ष २०८२ को क्यालेन्डरमा अष्ट्रेलियाका नेपाली बालबालिकाका कविता प्रकाशित

नेपाली नयाँ वर्ष २०८२ को क्यालेन्डरमा अष्ट्रेलियाका नेपाली बालबालिकाका कविता प्रकाशित

0

सिड्नी, मार्च २२ – अनलाईन जुममार्फत गत मार्च २२ तारिख शनिवार बिहान ९ बजे सम्पन्न भएको एक विशेष कार्यक्रममा अनेसास न्यु साउथ वेल्स च्याप्टरको संयोजनमा अष्ट्रेलियामा रहेका नेपाली बालबालिकाले वाचन गरेका कविताहरू नेपाली नयाँ वर्ष २०८२ को क्यालेन्डरमा प्रकाशित भएका छन्।

यो विशेष कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिप्रति बालबालिकामा अभिरुचि जगाउने प्रयासस्वरूप आयोजना गरिएको थियो। कार्यक्रममार्फत बालबालिकाले आफ्ना सिर्जना वाचन गरेका थिए, जसलाई समेटेर आकर्षक क्यालेन्डर तयार गरिएको छ।

क्यालेन्डर निर्माणको सम्पूर्ण प्रक्रियामा अभिभावकहरूले नानीबाबुलाई कविता लेख्न प्रेरित गरे, कार्यक्रमका दिन साथ दिएर वाचनमा सहयोग गरे। बाल समिति तथा सम्पूर्ण टिमको समर्पण उल्लेखनीय रह्यो।

क्यालेन्डरको सम्पादन र प्रकाशन कार्यमा डा. प्रकाश पौडेल (सल्लाहकार), विष्णु घिमिरे र सुदीप श्रेष्ठको अतुलनीय योगदान रह्यो। छपाइ कार्यमा शब्दार्थ प्रकाशन र विनय शर्माको मेहनत प्रेरणादायक रह्यो। त्यस्तै, क्यानडाबाट विष्णुजीले पुर्‍याएको सहयोग पनि अत्यन्त प्रसंसनीय रहेको छ।

यस कार्यलाई सफल बनाउन आर्थिक सहयोग, शुभकामना तथा विज्ञापनद्वारा साथ दिने सम्पूर्ण नेपाली मनहरूलाई आयोजकहरूद्वारा हार्दिक आभार प्रकट गरिएको छ।

“सम्पूर्णमा क्यालेन्डर लिएर सहयोग एवं हौसला दिनु हुन हार्दिक अनुरोध छ,” बाल संयोजक सुरेन उप्रेती (क्यानडा) ले भावुक मन्तव्य दिएका छन्।

यो क्यालेन्डर नेपाली बालबालिकाको सिर्जनात्मकता, संस्कृतिप्रतिको निष्ठा र सामुदायिक सहयोगको एक अनुपम उदाहरण बनेको छ।

 

Exit mobile version