क्यानबेराको ॐ सिद्ध ज्वेलर्समा ४३ हजार डलरको ठगी, सञ्चालक अमृत सुनारले न्यायको खोजी गर्दै

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

क्यानबेरास्थित ॐ सिद्धा ज्वेलर्स मा एक ठगी घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। पसल सञ्चालक अमृत सुनारका अनुसार सोमबार बिहान ११:३० बजे चार जना—तीन जना युवक र एक युवती—पसलमा ग्राहकको रुपमा आएर दिदीको विवाहको लागि सुन किनेका थिए।

ठूलो रकमको किनमेल भएकोले बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने सहमति भएको थियो र करिब ३९ हजार डलर बराबरको ट्रान्सफर गरिएको देखाइएको थियो। तर अर्को दिनसम्म पनि उक्त रकम पसलको खातामा नदेखिएपछि सञ्चालक अमृत सुनारले ती ग्राहकहरूसँग सम्पर्क गर्न खोजे। शुरुमा ती व्यक्तिहरूले पैसा नआए सुन फिर्ता गर्ने वा नगद लिएर आउने भने पनि पछि जब रकम अझै पनि नआएपछि सम्पर्क गर्दा तिनले उल्टै अमृत सुनारलाई ज्यान मार्ने धम्की दिए। पछि क्यामेरा जाच गर्दा उनीहरुले ४ हजार बराबरको सुनको सिक्री समेत चोरेर लगेको र आफु ४३ हजार डलर बराबरको चोरी तथा ठगिमा परेको संचालक अमृतले जानकारी गराए।

पसल सञ्चालकले बैंकमा समेत जानकारी माग्दा बैंकले कुनै जानकारी दिन अस्वीकार गर्‍यो। यसबारेमा ॐ सिद्ध ज्वेलर्स मेलबोर्न का सञ्चालक तथा अमृतका नातेदार दिनेश सुनारले बताएअनुसार, प्रहरीले भने अपराधीहरू सिड्नी निवासी भएको कारण न्यू साउथ वेल्स (NSW) प्रहरीले अनुसन्धान गर्नु पर्ने बताएको छ। तर जब NSW प्रहरीसँग सम्पर्क गरियो, उनले यो घटना ACT (क्यानबेरा) भित्र भएको हुनाले ACT प्रहरीले अनुसन्धान गर्नुपर्ने जनाए।

उक्त घटनापछि क्यानबेरास्थित नेपाली समुदायले नेपाली दूतावासको सहयोग माग गरेपछि स्थानीय सांसद र मन्त्रीहरू समेत सक्रिय बनेका छन्। उनीहरूले यो विषय गम्भीर रूपमा लिइएको र पूर्ण रूपमा अनुसन्धान हुने आश्वासन दिएका छन्।

यस्तै, सोही दिन गीताञ्जली ज्वेलर्स क्यानबेरामा पनि सोही समूहले करिब १३ हजार डलर बराबरको ठगी गरेको खुलेको छ।

अमृत सुनारले नेपाली सञ्चार सँग कुरा गर्दै आफू अहिलेसम्म कुनै सुरक्षा नपाएको र ज्यानको डर रहेको बताएका छन्। यद्यपि, नेपाली समुदाय र NRNAका सदस्यहरू उनलाई साथ दिइरहेका छन् र न्यायको लागि दबाब दिइरहेका छन्।

यो घटना न केवल एक ठगीको विषय हो, बरु यसले प्रवासी नेपाली समुदायमा विश्वास, सुरक्षा र न्यायको सवालसमेत उठाएको छ। सम्बन्धित निकायहरूले चाँडोभन्दा चाँडो यथोचित अनुसन्धान गरी दोषीलाई कारवाही गर्नु अत्यावश्यक देखिन्छ।

🟨 एक्सक्लुसिभ अन्तर्वार्ता : यदि तपाईं डेस्कटपमा इन्टरभ्यू सुन्दा पृष्ठको फूटरमा रहेको रेडियो प्लेयरको आवाज पनि एकै साथ बजिरहेको सुनिन्छ भने, कृपया रेडियो प्लेयर बन्द (pause/stop) गर्नुहोस्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img