राजस्व अनुसन्धान विभागले कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोडभन्दा बढीको कर छली मुद्दा दायर

Date:

अपडेटहरूका लागि कृपया हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्।

- Advertisement -

- Advertisement -

- Advertisement -

राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखी अनलाइनमार्फत् कारोबार गरी कर छली गरेको आरोपमा एक कुरियर कम्पनीविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको माग दाबीसहित मुद्दा दायर गरेको छ। विभागले आइतबार काठमाडौँको तीनकुनेमा अवस्थित ‘नेपाल क्यान मुभ प्रालि’ र त्यसका सञ्चालकसहित ६ जना विरुद्ध पाटन उच्च अदालतमा उजुरी पेस गरेको हो।

विभागको अनुसन्धानअनुसार कम्पनीले आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोग हुने अनलाइन पोर्टल ‘नेपाल क्यानमुभ डटकम’ को सर्भर अस्ट्रेलियामा राखेर नेपालमा कारोबार गर्दै आएको छ। यसरी सर्भर विदेशमा राखी नेपालको कर प्रशासनको निगरानीबाट बच्ने प्रयास गरेको पाइएको छ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ फागुनसम्मको अवधिमा कम्पनीले उक्त पोर्टलबाट भएको वास्तविक बिक्री आय लुकाएर आन्तरिक राजस्व विभागमा कम कारोबार देखाएको खुलेको छ। विभागले जारी गरेको विज्ञप्तिमा कम्पनीले अस्ट्रेलियामा राखिएको सर्भरमार्फत् ठूलो कारोबार गरेको तर भ्याट आय विवरणमा त्यसलाई पेस नगरी मूल्य अभिवृद्धि कर र आयकरमा ठूलो रकम छली गरेको उल्लेख छ।

अनुसन्धानबाट कम्पनीले भ्याट र आयकर गरी जम्मा ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ बराबरको करयोग्य कारोबार लुकाएको पत्ता लागेको छ। विभागले कर छलीको कूल बिगो रकम ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ निर्धारण गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगोको शतप्रतिशत जरिवाना थप गर्दा कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुलउपर गर्न माग गरिएको छ।

मुद्दामा प्रतिवादीको रूपमा ‘नेपाल क्यान ग्रुप प्रालि’ र सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल, तथा कम्पनीका उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई नामाङ्कित गरिएको छ। विभागले सुदिप आचार्य र जीवन ज्ञवालीलाई पटक–पटक ताकेता गर्दा पनि उपस्थित नभई फरार रहेको जनाएको छ। उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई मुख्य कसुरदारलाई सहयोग गरेको भन्दै मतियारका रूपमा आधा सजायको माग गरिएको छ।

press_20820301_Nepal_Canmoov_1749988113

- Advertisement -

नेपाली सञ्चारमा प्रकाशित सबै समाचारहरू तेस्रो पक्ष स्रोतहरू — जस्तै समाचार प्लेटफर्महरू, सामाजिक सञ्जाल, लेखक आदि — बाट सूचना प्रयोजनका लागि संकलन गरिएका हुन्। नेपाली सञ्चार कुनै पनि संस्थागत धारणा वा पक्षप्रति प्रतिबद्ध छैन, र यहाँ व्यक्त गरिएका विचार, अभिव्यक्ति तथा निष्कर्षहरू पूर्ण रूपमा सम्बन्धित लेखक(हरू)का व्यक्तिगत हुन्।

यदि तपाईंलाई कुनै सामग्री अनुपयुक्त लागेमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस् — हामी त्यसलाई पुनरावलोकन, सुधार वा आवश्यक परेमा हटाउने प्रक्रिया अघि बढाउनेछौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Nepali Sanchar Logo

Nepali Sanchar Radio

Broadcasting from Melbourne, Australia

Listen to us also on mobile apps:
Hamro Patro | TuneIn Radio

ताजा अपडेट

Late Night Nepalese & Indian Food Melbournespot_img

Subscribe

More like this
Related

अमेरिकाद्वारा इरानमाथि सीधा हमला, तीन आणविक केन्द्र ध्वस्त: ट्रम्पको घोषणा

वासिङ्टन / तेहरान – २०८२ असार ८ गतेअमेरिकाले इरानविरुद्धको...

अष्ट्रेलियामा आज वर्षको सबैभन्दा छोटो दिन: शीतकालीन अयन सुरु

मेलबर्न, जुन २१ : अष्ट्रेलियामा आज वर्षको सबैभन्दा छोटो...

पर्थ विमानस्थलमा पाकिस्तानी नागरिकबाट $100,000 नगद बरामद, AFP द्वारा अनुसन्धान जारी

पर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा एक २१ वर्षीय पाकिस्तानी नागरिकको लगेजबाट करिब $100,000 नगद फेला परेको छ। अफगान प्रहरी (AFP) ले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई ठगी अभियोगमा ७ वर्षको जेल सजाय

डर्बन, दक्षिण अफ्रिका – महात्मा गान्धीकी ५६ वर्षीया पनातिनी...