रामकुमारीले एमालेमा फर्किने मन बनाईन्, ओलीसँग यस्तो हार्दिकता

रामकुमारीले एमालेमा फर्किने मन बनाईन्, ओलीसँग यस्तो हार्दिकता

काठमाडौं, २६ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री एमालेमा फर्किने मन बनाएर बसेकी छिन् । पछिल्लो समय पार्टीमा त्यति सक्रिय नभएकी झाँक्री विभिन्न सामाजिक कार्यमा भने सक्रिय छिन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग उनको त्यति सुमधुर सम्बन्ध छैन् ।

उनले पार्टी नेतृत्वको खुलेर आलोचना गर्ने गरेकी छिन् । पछिल्लो समय उनले मिडियामार्फत सार्वजनिक रुपमै एमाले अध्यक्ष केपी शर्मा ओलीको भने खुलेर प्रशंसा गर्ने गरेकी छिन् । माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाउँदा झाँक्री लाइमलाईटमा थिईन्। पार्टी फुटाउन निर्णायक र हस्तक्षेपकारी भूमिका निर्वाह गरेकी झाँक्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री समेत बनिन् ।

तर, मन्त्रीबाट अध्यक्ष नेपालले अपमानजनक रुपमा फिर्ता बोलाएपछि भने झाँक्री नेपालसँग रुष्ट थिईन् । त्यही समयदेखि उनीहरुबीच सम्बन्धमा चिसोपना आएको जानकारहरु बताउँछन् । झाँक्रीले एमालेको दशैं, तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरेको चियापान समारोहमा झाँक्री बुके लिएर च्यासल पुगेकी थिईन् ।

उनले त्यहाँ एमाले नेतृ अष्टलक्ष्मी शाक्यसँग अंकमाल गर्नुको साथ एमाले नेताहरुसँग हार्तिकता देखिएको । ओलीले समेत झाँक्रीलाई विशेष महत्व दिएका थिए । झाँक्रीलाई एमालेमा फर्किनको लागि सबैभन्दा बढि जोड सचिव योगेश भट्टराई, ठाकुर गैरेलगायतले गरिरहेका छन् । अहिले ओलीले समेत एमालेमा फर्किएर सक्रियताका साथ काम गर्न भनिरहेका छन् ।

उनले पनि आफूनिकटका साथीभाइहरुसँग ढिलो चाँडो एमाले र एकीकृत समाजवादी एक बनाउनुको विकल्प नहुने बताउने गरेकी छिन् । उनले माधव नेपालले एमालेसँग एकता गर्न ढिलाई गरे आफू चाहीँ अब नरोकिने पनि भन्न थालेको चर्चा छ ।


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस