मेलबर्न, १ मे २०२६
- कति रकम फिर्ता पाइने?: साधारण सवारी साधन प्रयोग गर्ने चालकहरूले करिब $१८६ सम्म फिर्ता पाउनेछन्। मेट्रो क्षेत्रका चालकहरूले $१८६ सम्म र क्षेत्रीय (Regional) क्षेत्रका चालकहरूले करिब $१७४ सम्म बचत गर्न सक्नेछन्।
- गाडीको सीमा: एक व्यक्तिले आफ्नो नाममा दर्ता भएका बढीमा दुईवटा गाडीका लागि यो छुट दाबी गर्न सक्नेछन्। यसरी कुल $३७२ सम्म बचत हुन सक्छ।
- कुन सवारी साधन योग्य छन्?: व्यक्तिगत प्रयोगका लागि दर्ता भएका ४.५ टन भन्दा कम तौलका साना गाडी, कार, SUV, ४-ह्विल ड्राइभ, मोटरसाइकल, स्कुटर र युट (Utes) हरू यस योजनामा समेटिएका छन्। यो छुट सन् २०२५-२६ आर्थिक वर्षमा तिरिएको दर्ता शुल्कमा लागू हुनेछ।
यो रकम स्वचालित रूपमा फिर्ता हुने छैन; यसका लागि सवारी धनीले आफैँ आवेदन दिनुपर्नेछ।
- आवेदन मिति: १ जुन २०२६ देखि ३१ जुलाई २०२६ सम्म (२ महिनाको समय)।
- आवेदन दिने माध्यम: ‘सर्भिस भिक्टोरिया’ (Service Victoria) को एप वा वेबसाइट मार्फत।
- भुक्तानी: आवेदन स्वीकृत भएपछि रकम सिधै बैंक खातामा जम्मा गरिनेछ।







