भिक्टोरिया राज्य सरकारले आज २९ अप्रिल २०२५, मंगलवार दिउँसो ४:०० बजे बाट आफ्नो २०२४–२५ स्किल्ड भिसा नोमिनेसन कार्यक्रम का लागि नयाँ ROI (Registration of Interest) दर्ता बन्द गरेको छ।
Subclass 190 (Skilled Nominated) र Subclass 491 (Skilled Work Regional) भिसाका लागि आवेदन दिन चाहने व्यक्तिहरूले पहिले SkillSelect मार्फत EOI (Expression of Interest) र Live in Melbourne पोर्टल मार्फत ROI पेश गर्नुपर्नेछ।
कार्यक्रम बन्द भए तापनि, भिक्टोरिया सरकार अहिले दर्ता भएका ROI हरूको मूल्याङ्कन गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन निमन्त्रणा गरिरहनेछ जबसम्म सबै कोटा नपुगेसम्म।
नोमिनेसन स्थिति (२८ फेब्रुअरी २०२५ अनुसार):
-
Subclass 190: ३,००० मध्ये २,७४० नोमिनेसन
-
Subclass 491: २,००० मध्ये १,५३५ नोमिनेसन
२०२४–२५ मा प्राथमिकता पाएका क्षेत्रहरू:
-
स्वास्थ्य सेवा (Healthcare)
-
सामाजिक सेवा (Social Work)
-
शिक्षा (Education)
-
निर्माण क्षेत्र (Construction)
मुख्य मूल्याङ्कन आधारहरू:
-
उमेर (Age)
-
अंग्रेजी स्तर (English Level)
-
अनुभव वर्ष (Work Experience)
-
शैक्षिक योग्यता (Education Level)
-
पेसागत स्तर (Occupation Skill Level)
-
पार्टनरको सीप (if applicable)
-
तलब (Salary – केवल भिक्टोरियामा कार्यरत व्यक्तिहरूको लागि)
२०२५–२६ को पूर्वानुमान:
भविष्यमा प्राथमिकता पाउने सम्भावित क्षेत्रहरू:
-
स्वास्थ्य सेवा
-
सामाजिक सेवा
-
शिक्षा
-
निर्माण
-
नवीकरणीय ऊर्जा (New Energy)
-
डिजिटल इकोनोमी (Subclass 491)
-
एडभान्स म्यानुफ्याक्चरिङ (Subclass 491)
-
आतिथ्य र पर्यटन (Hospitality & Tourism – Subclass 491)
नयाँ आर्थिक वर्षको कोटा आएपछि मात्रै २०२५–२६ को कार्यक्रम पुनः खुल्नेछ, र पुरानो ROI भए तापनि नयाँ ROI पेश गर्नुपर्नेछ।
सुझाव:
-
अंग्रेजी भाषा स्तर सुधार गर्नुहोस्
-
आफ्नो पेसासँग सम्बन्धित अनुभव बढाउनुहोस्
-
भिक्टोरियामा काम गरिरहनु भएको भए, त्यसलाई निरन्तरता दिनुहोस्
वैकल्पिक भिसा विकल्पहरू:
यदि तपाईंको पेशा भिक्टोरियाको सूचीमा छैन भने, अन्य राज्यहरूको State Nomination, वा निम्न employer-sponsored visas को लागि पनि प्रयास गर्न सक्नुहुन्छ:
-
Subclass 482 (Skills in Demand)
-
Subclass 494 (Skilled Employer Sponsored Regional)
-
Subclass 186 (Employer Nomination Scheme)