क्यानबेराको ॐ सिद्ध ज्वेलर्समा ४३ हजार डलरको ठगी, सञ्चालक अमृत सुनारले न्यायको खोजी गर्दै

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

क्यानबेरास्थित ॐ सिद्धा ज्वेलर्स मा एक ठगी घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। पसल सञ्चालक अमृत सुनारका अनुसार सोमबार बिहान ११:३० बजे चार जना—तीन जना युवक र एक युवती—पसलमा ग्राहकको रुपमा आएर दिदीको विवाहको लागि सुन किनेका थिए।

ठूलो रकमको किनमेल भएकोले बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने सहमति भएको थियो र करिब ३९ हजार डलर बराबरको ट्रान्सफर गरिएको देखाइएको थियो। तर अर्को दिनसम्म पनि उक्त रकम पसलको खातामा नदेखिएपछि सञ्चालक अमृत सुनारले ती ग्राहकहरूसँग सम्पर्क गर्न खोजे। शुरुमा ती व्यक्तिहरूले पैसा नआए सुन फिर्ता गर्ने वा नगद लिएर आउने भने पनि पछि जब रकम अझै पनि नआएपछि सम्पर्क गर्दा तिनले उल्टै अमृत सुनारलाई ज्यान मार्ने धम्की दिए। पछि क्यामेरा जाच गर्दा उनीहरुले ४ हजार बराबरको सुनको सिक्री समेत चोरेर लगेको र आफु ४३ हजार डलर बराबरको चोरी तथा ठगिमा परेको संचालक अमृतले जानकारी गराए।

पसल सञ्चालकले बैंकमा समेत जानकारी माग्दा बैंकले कुनै जानकारी दिन अस्वीकार गर्‍यो। यसबारेमा ॐ सिद्ध ज्वेलर्स मेलबोर्न का सञ्चालक तथा अमृतका नातेदार दिनेश सुनारले बताएअनुसार, प्रहरीले भने अपराधीहरू सिड्नी निवासी भएको कारण न्यू साउथ वेल्स (NSW) प्रहरीले अनुसन्धान गर्नु पर्ने बताएको छ। तर जब NSW प्रहरीसँग सम्पर्क गरियो, उनले यो घटना ACT (क्यानबेरा) भित्र भएको हुनाले ACT प्रहरीले अनुसन्धान गर्नुपर्ने जनाए।

उक्त घटनापछि क्यानबेरास्थित नेपाली समुदायले नेपाली दूतावासको सहयोग माग गरेपछि स्थानीय सांसद र मन्त्रीहरू समेत सक्रिय बनेका छन्। उनीहरूले यो विषय गम्भीर रूपमा लिइएको र पूर्ण रूपमा अनुसन्धान हुने आश्वासन दिएका छन्।

यस्तै, सोही दिन गीताञ्जली ज्वेलर्स क्यानबेरामा पनि सोही समूहले करिब १३ हजार डलर बराबरको ठगी गरेको खुलेको छ।

अमृत सुनारले नेपाली सञ्चार सँग कुरा गर्दै आफू अहिलेसम्म कुनै सुरक्षा नपाएको र ज्यानको डर रहेको बताएका छन्। यद्यपि, नेपाली समुदाय र NRNAका सदस्यहरू उनलाई साथ दिइरहेका छन् र न्यायको लागि दबाब दिइरहेका छन्।

यो घटना न केवल एक ठगीको विषय हो, बरु यसले प्रवासी नेपाली समुदायमा विश्वास, सुरक्षा र न्यायको सवालसमेत उठाएको छ। सम्बन्धित निकायहरूले चाँडोभन्दा चाँडो यथोचित अनुसन्धान गरी दोषीलाई कारवाही गर्नु अत्यावश्यक देखिन्छ।

🟨 एक्सक्लुसिभ अन्तर्वार्ता : यदि तपाईं डेस्कटपमा इन्टरभ्यू सुन्दा पृष्ठको फूटरमा रहेको रेडियो प्लेयरको आवाज पनि एकै साथ बजिरहेको सुनिन्छ भने, कृपया रेडियो प्लेयर बन्द (pause/stop) गर्नुहोस्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

प्याराग्वेमा स्थायी आवासीय अनुमति: नेपाली नागरिकहरूले समेत आबेदन दिन पाउने

प्याराग्वेले स्थायी आवासीय अनुमति (Permanent Residency) आवेदन प्रक्रिया पुनः...

डोहामा इजरायली आक्रमणपछि ट्रम्प र कतारी प्रधानमन्त्रीबीच भेट हुने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन...

सुशीला कार्की प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचनको म्यान्डेट

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार नेपालको पहिलो महिला...

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पति ऐतिहासिक विमान अपहरण प्रकरणमा संलग्न

काठमाडौँ – नेपालकी पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम सरकार प्रमुख सुशीला...

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुखमा नियुक्त

काठमाडौँ – नेपालको अस्थिर राजनीतिक परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई...

भिक्टोरिया पोरेपुङ्का घटनामा दुई प्रहरीको हत्या, एक गम्भीर घाइते

भिक्टोरिया, अस्ट्रेलिया — मंगलबार बिहान (२६ अगस्ट) करिब १०:३०...

क्विन्सल्याण्डमा इस्लामिक स्टेट समर्थन गर्न उक्साएको अभियोगमा ४ वर्ष जेल सजाय

ब्रिस्बेन, अगस्ट २६, २०२५ ।क्विन्सल्याण्डको लोगनका ४३ वर्षीय एक...

Related Articles

spot_img
spot_imgspot_img