NSW संसदअगाडि नियो–नाजी प्रदर्शनमा सहभागी दक्षिण अफ्रिकी नागरिक म्याथ्यु ग्रुटरको अष्ट्रेलिया भिसा रद्द

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

अष्ट्रेलियाको न्यू साउथ वेल्स संसदअगाडि केही दिनअगाडि भएको नियो–नाजी प्रदर्शनले देशभर चर्को आलोचना मात्र उब्जाएन, विदेशी सहभागीमध्ये एकको भविष्य नै बदलिदियो। दक्षिण अफ्रिकाका ३२ वर्षीय म्याथ्यु ग्रुटर, जो २०२२ देखि सिड्नीमा सिभिल इन्जिनियरका रूपमा काम गर्दै आएका थिए, प्रदर्शनमा सहभागी भएको प्रमाण सार्वजनिक भएपछि उनकाे अष्ट्रेलियाली भिसा तुरुन्तै रद्द गरिएको छ। गृह मामिला मन्त्री टोनी बर्कले ग्रुटरको भिसा खारेज भएको जानकारी दिँदै भने, “यदि तपाईं भिसामा अष्ट्रेलिया बस्दै हुनुहुन्छ भने, तपाईं यहाँका अतिथि हो। अतिथिले घरभित्र घृणा छिराउने व्यवहार देखायो भने, उसलाई ‘अब घर फर्किनुहोस्’ भन्न सकिन्छ।”

नोभेम्बर ८–९ को रात, करिब ६० जना नियो–नाजी समूह नेसनल सोसलिस्ट नेटवर्क का सदस्यहरू संसद भवनअगाडि उत्रिए। उनीहरूले “ब्लड एन्ड अनर” जस्ता हिटलरी कालका नारा लगाउँदै, नाझी सलामी देखाउँदै, “Abolish the Jewish Lobby” लेखिएको ब्यानरसहित मार्च गरेका थिए। यस्तो स्थल—लोकतान्त्रिक प्रतीक संसद—मै चरमपन्थी प्रदर्शन देखिनुले अष्ट्रेलियाको बहुसांस्कृतिक मूल्यमा ठूलो चोट परेकै छ। प्रदर्शनलाई NSW प्रहरीले अनुमति दिएको थियो, तर पछि प्रहरी प्रमुखले आफूलाई पर्याप्त जानकारी नदिइएको स्वीकार गरेपछि सुरक्षा संयन्त्र र तयारीबारे थप प्रश्न उठेका छन्।

ग्रुटरको पहिचान प्रदर्शनका भिडियो सार्वजनिक भएपछि तुरुन्तै भएको हो। सरकारका अनुसार चरमपन्थी गतिविधिमा संलग्न कुनै विदेशी नागरिकलाई अष्ट्रेलियामा राख्न नपर्ने स्पष्ट नीतिअनुसार भिसा खारेज गरिएको हो। समुदायका विभिन्न समूहहरूले उक्त प्रदर्शनले यहूदी समुदायसहित धेरैलाई त्रासपूर्ण वातावरणमा धकेलेको बताइरहेका छन्। भिसा रद्द भएपछि ग्रुटर अब अनिवार्य रूपमा देशनिकालाको प्रक्रियामा जानेछन्। सरकारको सन्देश स्पष्ट छ—अष्ट्रेलियामा बस्न चाहनेले घृणा होइन, जिम्मेवार र सम्मानपूर्ण आचरण देखाउनुपर्छ।

- Advertisement -

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img