Home विश्व लस एन्जलसमा सेना परिचालनविरुद्ध गभर्नरको कडा आपत्ति, ट्रम्पविरुद्ध मुद्दा

लस एन्जलसमा सेना परिचालनविरुद्ध गभर्नरको कडा आपत्ति, ट्रम्पविरुद्ध मुद्दा

राज्यका गभर्नर गेभिन न्यूसमले ट्रम्प प्रशासनको कदमलाई अनावश्यक र असंवैधानिक भन्दै उच्च अदालतमा मुद्दा हालेका छन्। न्यूसमले यसअघि खटाइएका २ हजार न्याशनल गार्डमध्ये केवल ३ सय मात्र परिचालन गरिएको र बाँकी आदेश नपाई बसिरहेको अवस्थामा फेरि थप २ हजार गार्ड पठाइनु सन्देहास्पद भएको बताएका छन्।

0
Credit: Jason Armond / LA Times

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा ट्रम्प प्रशासनले थप २ हजार न्याशनल गार्ड परिचालन गरेको छ भने ७०० यूएस मरिन सैनिक पठाउने तयारी गरिरहेको छ। संघीय आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (ICE) द्वारा आप्रवासीहरूलाई लक्षित गरी गरिएको धरपकडपछि सहरमा चर्किएका विरोध प्रदर्शनहरू लगातार तेस्रो दिन पनि जारी रहेका छन्। यसबीच प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबीच केही स्थानमा झडपसमेत भएका छन्।

राज्यका गभर्नर गेभिन न्यूसमले ट्रम्प प्रशासनको कदमलाई अनावश्यक र असंवैधानिक भन्दै उच्च अदालतमा मुद्दा हालेका छन्। न्यूसमले यसअघि खटाइएका २ हजार न्याशनल गार्डमध्ये केवल ३ सय मात्र परिचालन गरिएको र बाँकी आदेश नपाई बसिरहेको अवस्थामा फेरि थप २ हजार गार्ड पठाइनु सन्देहास्पद भएको बताएका छन्।

लस एन्जलस सहरकी मेयर क्यारेन बाससहित गभर्नर न्यूसमले स्थानीय प्रहरी अवस्था नियन्त्रण गर्न सक्षम रहेको जिकिर गर्दै संघीय हस्तक्षेपको विरोध गरेका छन्।

यसैबीच क्यालिफोर्नियाका महान्यायाधिवक्ताले गभर्नरको स्वीकृति नलिई सेना परिचालन गरिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कानुनी कारबाही अगाडि बढाएका छन्।

सुरक्षा स्थिति अझै तनावग्रस्त रहेको लस एन्जलसमा संघीय र स्थानीय सरकारबीचको यो टकरावले थप राजनीतिक र कानुनी विवाद निम्त्याउने देखिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version