Home अस्ट्रेलिया भिक्टोरिया मेलबर्नमा तीव्र हावाहुरीको चेतावनी, घरबाहिर ननिस्कन आग्रह

मेलबर्नमा तीव्र हावाहुरीको चेतावनी, घरबाहिर ननिस्कन आग्रह

0

मेलबर्न – आज (अक्टोबर २२, २०२५) बिहानदेखि भिक्टोरियाको अधिकांश क्षेत्रमा तीव्र हावा र वर्षाको चेतावनी जारी गरिएको छ। मौसम विभागले विशेष गरी मेलबर्न र आसपासका क्षेत्रमा बेलुकासम्म १०० किलोमिटर प्रतिघन्टाभन्दा बढीको हावाको झोंका चल्न सक्ने जनाएको छ।

विभागका अनुसार तीव्र हावासँगै रूख ढल्ने, बिजुलीका तार चुडिने र सडकमा अवरोध हुने सम्भावना छ। धेरै स्थानमा बिजुली आपूर्ति समेत रोकिन सक्ने चेतावनी दिइएको छ।

सुरक्षाका लागि जनतासँग घरभित्रै बस्न र अनावश्यक रुपमा बाहिर ननिस्कन आग्रह गरिएको छ।

  • झ्याल र ढोका मजबुत रूपमा बन्द गर्न,

  • बाहिरका हल्का सामान (छाता, साइनबोर्ड, ट्र्याम्पोलिन आदि) सुरक्षित राख्न,

  • सवारी चलाउँदा विशेष सावधानी अपनाउन,

  • तथा विजुलीको तार वा रुख ढलेको देखिएमा त्यहाँबाट टाढा रहन अनुरोध गरिएको छ।

विद्यार्थी, कामदार र व्यवसायी सबैलाई मौसमको अपडेट नियमित हेर्न र आवश्यक तयारी गर्न सुझाव दिइएको छ।

आजको तापक्रम न्यूनतम १४ डिग्री र अधिकतम २३ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। बेलुका तिर मेघ गर्जनसहित वर्षा पनि हुन सक्ने सम्भावना छ।

मौसम विभागले भनेको छ, “हावाको तीव्रता अझ बढ्न सक्छ, त्यसैले आज सबैले सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्छ।”

सावधान रहौं, सुरक्षित रहौं।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version