अष्ट्रेलियामा कार्यरत नेपाली मूलका पत्रकारहरूको छाता संगठन अष्ट्रेलियन नेपाली जर्नालिस्ट एशोसिएसन (ANJA) ले “मिडिया र समुदाय: संवाद र सहकार्य” शिर्षकमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
जुन २७, २०२५ (शुक्रबार), साँझ ५ बजे देखि राति ९ बजेसम्म चल्ने उक्त कार्यक्रम सिड्नीको इन्द्रेणी फङ्सन सेन्टर, 588 Princes Highway, Rockdale NSW मा आयोजना हुनेछ।
ANJA का अनुसार, कार्यक्रमको उद्देश्य समुदायमा मिडियाको भूमिकामाथि गहिरो चिन्तन गर्ने हो – जसले सामाजिक सद्भाव, पारस्परिक समझदारी र साझा मूल्यहरूलाई प्रोत्साहन दिन सहयोग पुर्याउँछ।
यस विशेष कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, प्रतिष्ठित सञ्चारकर्मी, विभिन्न समुदायका अगुवा र व्यवसायिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहनेछ। उनीहरूले मिडिया कसरी संस्कृतिबीचको सेतु बन्न सक्छ भन्नेबारे आफ्ना अनुभव र दृष्टिकोणहरू साझा गर्नेछन्।
कार्यक्रममा सहभागी हुन https://www.eventbrite.com/…/media-and-community-an… लिंकमार्फत निःशुल्क टिकेट सुरक्षित गर्न सकिनेछ।
कार्यक्रमको वक्ताहरू, बिन्दुहरू, तथा आकर्षणहरूबारे थप जानकारी चाँडै सार्वजनिक गरिनेछ। ANJA ले सबै पत्रकार, समुदाय सदस्यहरू र सरोकारवालाहरूलाई यस अवसरमा सहभागी भइ समाज र सञ्चारबीचको सहकार्यबारे विमर्श गर्न आह्वान गरेको छ।