बिगुल पण्डितको अन्तिम संस्कारका लागि सहयोग गरौं

छ वर्षपछि अन्ततः बिदाइको समय

अस्ट्रेलियाली नेपाली समुदायको ताजा समाचारको निम्ति फेसबुकमा हामी संग जोडिनुहोस। बिज्ञापनको लागि : Advertise ।  आफ्नो सामुदायिक तथा संस्थागत गतिबिधि बारे समाचार पठाउन info@nepalisancharradio.com मा इमेल गर्नुहोस। नेपाली संचार रेडियो हाम्रो पात्रो एप्सको रेडियो सेक्सनमा सर्च गरेर सुन्न सक्नु हुन्छ। । 
छ वर्षपछि अन्ततः बिदाइको समय

“छोराको अनुहार अन्तिमचोटि हेर्ने रहर छ, उनको आत्मालाई शान्ति दिन चाहन्छु” — यी शब्दहरू हुन् एक बुबा, बिस्वनाथ पण्डितका, जसले विगत छ वर्षदेखि पीडादायी प्रतीक्षामा बिताएका छन्।

बिगुल पण्डित सन् २०१७ मा न्यू साउथ वेल्सको अलबरीस्थित मुर्रे नदी नजिक हराएका थिए। उनीहरूप्रति ठूलो खोजी भयो, तर दुर्भाग्यवश, दुई वर्षपछि २०१९ मा मात्रै उनको अवशेष फेला पर्यो। त्यसबेलादेखि बिगुलका अवशेष एनएसडब्लु कोरनरको कार्यालयमा थन्किएका छन्।

अब बुबा बिस्वनाथ पण्डित आफ्नो छोरालाई अन्तिम बिदाइ दिन अस्ट्रेलिया आइपुगेका छन्।
यस भावुक र संघर्षपूर्ण यात्रामा, एनआरएनए अस्ट्रेलियानेपाली मानार्थ महावाणिज्यदूतावास (NSW) को सहयोगले सम्भव भएको हो। एनएसडब्लु प्रहरी, स्वास्थ्य विभाग र कोरनरको कार्यालयसँग मिलेर अन्ततः बिगुलको अन्तिम संस्कार प्रक्रिया अघि बढाइएको छ।

तर अझै बाँकी छ एउटा महत्त्वपूर्ण कार्य —

एक बाबुले आफ्ना छोरालाई सम्मानका साथ अन्तिम बिदाइ दिन, हाम्रो सानो सहयोगको आवश्यकता छ।

सहयोग किन आवश्यक छ?

  • बिगुलको अन्तिम संस्कार र धार्मिक विधिहरू सम्पन्न गर्न,

  • बुबा बिस्वनाथ पण्डितको अस्ट्रेलियामा बसाइका लागि खर्च धान्न,

  • अवशेषको मुक्ति, दाहसंस्कार र सम्भव भएमा खरानी नेपाल लैजान,

  • यात्रा, कागजी प्रक्रिया र अन्य सम्बन्धित खर्चहरू व्यवस्थापन गर्न।

हामी सबै नेपालीहरू मिलेर दुःखको यस घडीमा सहानुभूति देखाऔं।

एक बाबाको छोराप्रतिको प्रेम, एक समुदायको सहयोगभाव, र एक मानवीय कर्तव्य — यी सबैलाई मूर्तरूप दिन तपाईंको सानो योगदान नै ठूलो सहयोग हुनेछ।

🙏


अस्वीकरण: नेपाली संचारमा प्रकाशित समाचार तथा सामग्री रिपोर्टिङका लागि मात्र प्रयोग गरिएको हो। हामी न्यायसंगत प्रयोग (Fair Use/Fair Dealing) सिद्धान्त अनुरूप सूचना तथा जानकारी दिन्छौं। यसमा प्रकाशित समाचार विभिन्न श्रोतबाट साभार गरिएको हो। यदि तपाईं समाचारमा उल्लेखित हुनुहुन्छ वा कुनै सामग्रीको प्रतिलिपि अधिकार राख्नुहुन्छ र हटाउन वा संशोधन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
यो सामग्री मूल संगठन/लेखक(हरू)बाट प्राप्त भएको हो, जुन निश्चित समयमा सान्दर्भिक हुन सक्छ र स्पष्टता, शैली तथा लम्बाइका लागि सम्पादित गरिएको हुन सक्छ। नेपाली संचारले कुनै संस्थागत धारणा वा पक्ष लिँदैन, र यहाँ व्यक्त गरिएका सबै विचार, दृष्टिकोण, र निष्कर्षहरू पूर्ण रूपमा लेखक(हरू)का हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस