सिड्नीको चाइल्डकेयर सेन्टरमा सुतिरहेका बालकहरूलाई थप्पड हानेको आरोप — नेपाली नागरिक पक्राउ

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

अस्ट्रेलियाको सिड्नीको पश्चिमी भागमा रहेको एउटा चाइल्डकेयर सेन्टरमा सुतिरहेका दुई साना बालकहरूलाई खुला हातले थप्पड हानेको गम्भीर आरोप एक चाइल्डकेयर कर्मचारीमाथि लागेको छ। नेपाली नागरिक जयेन्द्र जङ्ग शाही (उमेर: २४) लाई बिहीबार दिउँसो करिब १ बजे पनामिया चाइल्डकेयर सेन्टरमा तीन र चार वर्षका दुई बालकहरूलाई निद्रामा थप्पड हानेको आरोपमा शनिबार गिरफ्तार गरिएको छ।

यो घटना CCTV क्यामेरामा कैद भएको र शाहीमाथि दुई वटा सामान्य आक्रमण (Common Assault) का मुद्दा दर्ता गरिएका छन्। अभियोजन पक्षले जमानतको विरोध गर्दै शाहीबाट समुदाय, विशेषगरी बालबालिकाहरूलाई खतरा रहेको तर्क दियो। पुलिस अभियोजक सम एडवान ले CCTV फुटेजमा देखिएको व्यवहारलाई “अत्यन्त चिन्ताजनक” भनेका छन्। तथापि, अदालतले शाहीको कुनै आपराधिक इतिहास नभएको आधारमा जमानत स्वीकृत गर्‍यो। जमानतका सर्तहरू निम्नानुसार छन्:

  • कुनै पनि चाइल्डकेयर सेन्टरमा प्रवेश पूर्णतः प्रतिबन्धित
  • राहदानी जफत गरिएको
  • अदालतको आदेशबमोजिम मानसिक स्वास्थ्य उपचार लिनुपर्ने

शाही सात वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् र स्थायी बसोबास (Permanent Residency) पाउने आशामा थिए। उनकी पत्नीले अदालतमा शपथपत्र पेश गर्दै भनेकी छिन् कि परिवारमा हालसालै आइपरेका दुखद घटनाहरूपछि उनको मानसिक स्वास्थ्य बिग्रिएको थियो।

उनका वकिल जेम्स मुर ले अदालतमा भने:

“उनले यो अघि कहिल्यै यस्तो गरेका थिएनन्। हालको घटना र केही दिन थुनामा बसेपछि उनलाई आँखा खुलेको छ। उनले मानसिक स्वास्थ्य सहायता लिन तयार छन् — अदालतको आदेश होस् वा नहोस्।”

यो घटना यस्तो समयमा आएको छ जब अस्ट्रेलियाको चाइल्डकेयर क्षेत्र पछिल्लो १२ महिनामा थरिथरिका विवादहरूले घेरिएको छ, जसमा यौन शोषणका गम्भीर मामिलाहरू पनि समावेश छन्।

यसको सामना गर्न संघीय सरकारले चाइल्डकेयर कर्मचारीहरूका लागि राष्ट्रिय दर्ता प्रणाली, सबै चाइल्डकेयर सेन्टरहरूमा अनिवार्य CCTV राख्ने नीतिमाथि विचार जस्ता कदमहरू उठाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

सिड्नीमा पहिलोपटक मनाइयो वट सावित्री पर्व

रंजन श्रीवास्तव, सिड्नी :अस्ट्रेलियाको सिड्नीमा पहिलोपटक वट सावित्री पर्व...

अष्ट्रेलियाको २०२६-२७ संघीय बजेट—अष्ट्रेलियाको नयाँ आर्थिक मार्गचित्र

क्यानबेरा: अष्ट्रेलियाली सरकारले मे २०२६ मा 'लचिलोपन र सुधार'...

डिज्नी क्रुजका कर्मचारीहरूसहित २८ जना बाल यौन दुर्व्यवहार सामग्री प्रकरणमा पक्राउ

सान डिएगो (अमेरिका) । अमेरिकाको सान डिएगो बन्दरगाहमा सञ्चालित...

भारतमा अनौठो घटना: टाउकोमा धारिलो हतियार गाडिएको अवस्थामा हिँड्दै अस्पताल पुगे युवक

मुम्बई (एजेन्सी) । भारतको मुम्बईमा एउटा अत्यन्तै कहालीलाग्दो तर...

भिक्टोरिया राज्य बजेट २०२६/२७:

मेलबर्न, ५ मे २०२६ — प्रिमियर जसिन्ता एलान (Jacinta Allan)...

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

Related Articles

spot_img
spot_imgspot_img