सिड्नी, अस्ट्रेलिया — सिड्नीको सेन्ट लियोनार्ड्सस्थित कार्यस्थलमा खसेपछि एक युवा कामदार गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन्।
बुधबार बिहान करिब ९:३५ बजे क्यानबेरा एभेन्युस्थित कार्यस्थलमा करिब ३ मिटर तल खस्दा २० वर्षको हाराहारी उमेरका ती युवकको टाउकोमा गम्भीर चोट लागेको हो।
रेस्क्यू टोलीले उनलाई स्ट्रेचरमा राखेर कार्यस्थलमै रहेको क्रेनको सहायताले तल ल्याई एम्बुलेन्समा सारिएको न्यू साउथ वेल्स फायर एन्ड रेस्क्युका सुपरीटेन्डेन्ट एडम ड्युबेरीले जानकारी दिएका छन्।
घाइतेलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ।
“सुरक्षित रहौं,” ड्युबेरीले भने, “हामी सबैलाई सुरक्षित घर फर्काउन चाहन्छौं, विशेषगरी कार्यस्थलबाट।”
घटनाबारे प्रतिक्रिया लिन WorkSafe NSW सम्पर्कमा ल्याइएको छ।