इन्स्टाग्राममा दिपावली शुभकामना साटेको केही घण्टामै अभिनेता अस्रानीको निधन

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

मुंबई – बलिउडका वरिष्ठ हास्य अभिनेता अस्रानी अब हामीबीच रहनुभएन। ८४ वर्षको उमेरमा उहाँको आइतबार दिउँसो मुम्बईको जुहास्थित भारती आरोग्य निधि अस्पतालमा निधन भएको हो।

निधनअघि केही घण्टामात्रै उहाँले इन्स्टाग्राममा दिपावलीको शुभकामना सन्देश शेयर गर्नुभएको थियो। त्यो उहाँको अन्तिम सार्वजनिक पोस्ट बन्न पुग्यो।

परिवारले जारी गरेको वक्तव्यमा भनिएको छ,

“हामी सबैको अनुहारमा हाँसो ल्याउने हाम्रो प्रिय अस्रानी अब हामीबीच छैनन्। उहाँको निधनले फिल्म क्षेत्र र हाम्रो जीवनमा ठूलो खालीपन छाडेको छ।”

अस्रानीको अन्त्येष्टि सोमबार साँझ सान्ताक्रुजमा पारिवारिक उपस्थितिमा सम्पन्न भएको बताइएको छ।

१९४१ जनवरी १ मा जयपुरमा जन्मिएका अस्रानीले पुणेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट अभिनय सिक्नुभएको थियो। सन् १९६० दशकको अन्त्यतिर बलिउड प्रवेश गर्नुभएका उहाँले ५० वर्षभन्दा बढीको करियरमा ३०० भन्दा बढी फिल्ममा काम गर्नुभयो।

१९७५ को सुपरहिट फिल्म शोले मा जेलरको भूमिकामा उहाँले बोलेको संवाद “हम अंग्रेजों के ज़माने के जेलर हैं…” अहिले पनि मानिसका ओठमा झुन्डिएको छ। त्यसपछि भूल भुलैया, अमर अकबर एन्थनी, अपना देश, चलती का नाम गाडी लगायत दर्जनौं हिट फिल्ममा उहाँले दर्शकलाई हसाउनुभयो।

हिन्दी फिल्मसँगै अस्रानीले गुजराती चलचित्रमा पनि काम गर्नुभयो र करिब आधा दर्जन फिल्म निर्देशन गर्नुभयो।

उहाँको निधनको खबर बाहिरिएपछि बलिउडभर शोकको लहर छ। कलाकारहरू अनुपम खेर, परेश रावल, जॉनी लिभरलगायतले अस्रानीलाई सम्झँदै सामाजिक सञ्जालमा भावनात्मक पोस्ट गरेका छन्।

एक जनाले लेखे, “उहाँले सधैं हामीलाई हसाउनुभयो, र आज हामीलाई रुवाएर जानुभयो।”

अस्रानीले दिपावलीको दिन आफ्ना प्रशंसकहरूलाई लेख्नुभएको सन्देश अहिले सबैको मन छोइरहेको छ। उहाँले लेख्नुभएको थियो, “सबैलाई खुशी र उज्यालोले भरिएको दिपावलीको शुभकामना।”
उही सन्देश अब उहाँको अन्तिम सम्झना बनेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

भिक्टोरियामा अब रेल भाडा आधा र सेवा व्यापक थपिँदैछ

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि...

भिक्टोरियाली सवारी चालकहरूलाई दर्ता शुल्कमा २० प्रतिशत छुटको राहत

मेलबर्न, १ मे २०२६ बढ्दो महँगी र इन्धनको मूल्य वृद्धिलाई...

सिड्नीको चाइल्डकेयर सेन्टरमा सुतिरहेका बालकहरूलाई थप्पड हानेको आरोप — नेपाली नागरिक पक्राउ

अस्ट्रेलियाको सिड्नीको पश्चिमी भागमा रहेको एउटा चाइल्डकेयर सेन्टरमा सुतिरहेका...

मेलबर्नमा एम आर आर भजन मेलबर्नको पहिलो कार्यक्रम सम्पन्न

मेलबर्न, २६ अप्रिल २०२६ — परदेशमा रहेर पनि आफ्नो...

क्वीन्सल्यान्ड स्वास्थ्य विभाग अधिकारी इरानी राजनयिकको छोरी भएको खुलासा

क्वीन्सल्यान्ड हेल्थ विभागमा डेटा एनालिस्टको रूपमा कार्यरत एक महिला...

Related Articles

spot_img
spot_imgspot_img