Home विश्व ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चलेपछि राष्ट्रपति ट्रम्पको तत्काल उद्धार, अवस्था सुरक्षित

ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चलेपछि राष्ट्रपति ट्रम्पको तत्काल उद्धार, अवस्था सुरक्षित

0
वासिङ्टनको व्हाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा उत्पन्न खतराप्रति सीक्रेट सर्भिसका एजेन्टहरूले प्रतिकार गर्दै। (एपी फोटो / टम ब्रेनर)

वासिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरबाट सुरक्षाकर्मीले बाहिर निकालेपछि आसपास गोली चलेको घटनामा संलग्न संदिग्धलाई नियन्त्रणमा लिइएको अमेरिकी राष्ट्रपति स्वयंले बताएका छन्।

वाशिङ्टनस्थित एक होटलमा शनिबार राति आयोजित वार्षिक पत्रकारिता भोजका क्रममा गोली चलेको जस्तो आवाज सुनिएपछि ट्रम्पसहित उच्च अधिकारीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो। घटनापछि होटल परिसरमा सुरक्षाकर्मी, प्रहरी र सशस्त्र टोली परिचालन गरिएको थियो।

उद्धारपछि ट्रम्पले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत प्रतिक्रिया दिँदै सुरक्षाकर्मी र कानून कार्यान्वयन निकायको प्रशंसा गरेका छन्।

उनले लेखेका छन्, “वासिङ्टन डीसीमा साँच्चै विशेष साँझ रह्यो। सीक्रेट सर्भिस र कानून कार्यान्वयन निकायले उत्कृष्ट काम गरे। उनीहरूले छिटो र साहसका साथ कारबाही गरे।”

ट्रम्पका अनुसार, गोली चलेपछि संदिग्धलाई नियन्त्रणमा लिइएको छ। उनले भनेका छन् कि उनले “LET THE SHOW GO ON” अर्थात् “कार्यक्रम जारी राख्नू” भन्ने सिफारिस गरेका छन्, तर अन्तिम निर्णय भने सुरक्षाकर्मीको मूल्याङ्कनअनुसार हुनेछ।

ट्रम्पले केही समयभित्रै डिनर पुनः सुरु गर्ने वा नगर्नेबारे निर्णय हुने बताएका छन्। तर उनले त्यसै पोस्टमा यो पनि उल्लेख गरेका छन् कि जुन रूपमा कार्यक्रम तय गरिएको थियो, त्यो अब “पूर्ण रूपमा फरक” हुने छ र “हामीले फेरि त्यो गर्नुपर्ने” अवस्था आएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, गोली चल्ने संकेत मिल्नेबित्तिकै हलभित्र अफरातफरी मच्चिएको थियो। पत्रकार, अतिथि र अधिकारीहरू टेबलमुनि लुकेका थिए भने सुरक्षाकर्मीले मञ्च वरिपरि नियन्त्रण लिएका थिए। वासिङ्टन प्रहरी र संघीय निकायले होटल वरिपरि सुरक्षा घेरा कसेका थिए।

यस घटनाले अमेरिकी राजधानीमा हुने उच्चस्तरीय सार्वजनिक कार्यक्रमहरूको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठाएको छ। प्रारम्भिक विवरणअनुसार राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र अन्य उपस्थित अधिकारीहरू सुरक्षित छन्।

सीक्रेट सर्भिस र सम्बन्धित निकायले घटनाको कारण, संदिग्धको उद्देश्य र गोली चलेको अवस्थाबारे अनुसन्धान गरिरहेका छन्। कार्यक्रम पुनः सुरु गर्ने वा स्थगित गर्ने निर्णय निकट समयमा हुने अपेक्षा गरिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version