Home खेलकुद सिड्नीमा आयोजित अस्ट्रेलियन ओपन कराँते च्याम्पियनशिपमा नेपाल सहभागी

सिड्नीमा आयोजित अस्ट्रेलियन ओपन कराँते च्याम्पियनशिपमा नेपाल सहभागी

0

सिड्नी, अस्ट्रेलिया — सिड्नीमा अप्रिल ४ देखि ६ सम्म आयोजना हुने अस्ट्रेलियन ओपन कराँते च्याम्पियनशिपमा नेपालको नौ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ।

नेपाली टोलीमा चार महिला खेलाडी र एक पुरुष खेलाडी समावेश छन्। नेपाल कराँते सङ्घका अनुसार, सन्तोष श्रेष्ठले पुरुषको ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने महिला खेलाडीहरूमा बर्षा बुढा मगरले ५० केजी तौल समूह, पुष्पा लामाले ५५ केजी तौल समूह, एरिका गुरुङले ६८ केजीभन्दा माथिको तौल समूह र सविना श्रेष्ठले ६१ केजी तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

कुशल श्रेष्ठ र माण्डेकाजी श्रेष्ठ टोलीका प्रशिक्षक छन् भने अमिर रानाले सहायक प्रशिक्षक र आधिकारिक प्रतिनिधिको भूमिका निर्वाह गर्नेछन्। तारा गुरुङले प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्नेछन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा टोलीलाई बिदाइ गर्नुभयो। सो अवसरमा टोलीका सदस्यहरूलाई ८औँ दक्षिण एसियाली खेलकुदमा कराँतेमा स्वर्ण पदक विजेता विजय लामाले प्रायोजन गरेको ट्र्याकसुट प्रदान गरिएको थियो। नेपाली टोली बुधबार राति ११:०० बजे अस्ट्रेलियातर्फ प्रस्थान गरेको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version