Home एन आर एन अमेरिकी विमानस्थलमा चार महिनामा ४७ जना नेपालीहरू रोकिए – सीबीपी रिपोर्ट

अमेरिकी विमानस्थलमा चार महिनामा ४७ जना नेपालीहरू रोकिए – सीबीपी रिपोर्ट

0
Joseph Prezioso/AFP/Getty Images

अमेरिकी सीमा सुरक्षा विभाग (CBP) द्वारा प्रकाशित पछिल्लो तथ्यांकअनुसार, ट्रम्प प्रशासनको पालामा सन् २०२५ को फेब्रुअरीदेखि मे महिनासम्मको चार महिनाको अवधिमा ४७ जना नेपाली नागरिकहरू अमेरिका प्रवेशका लागि अयोग्य ठहर गर्दै विमानस्थलहरू तथा अन्य पोर्ट अफ इन्ट्रीमा रोकिएको सार्वजनिक भएको छ।

CBP को रिपोर्ट अनुसार,

  • फेब्रुअरीमा १४ जना,

  • मार्चमा ६ जना,

  • अप्रिलमा २१ जना,

  • र मे महिनामा ६ जना नेपालीहरूलाई अमेरिका प्रवेश अनुमति नदिई रोकिएको हो।

रोकिएका व्यक्तिहरूको विवरण अनुसार धेरैले स्वेच्छाले भिसा फिर्ता लिएर स्वदेश फर्कने निर्णय गरेका थिए भने केहीलाई तीव्र गतिको देशनिकालाको प्रकृयामा राखिएको छ।
फेब्रुअरीमा रोकिएका १४ जनामध्ये

  • ६ जनालाई परोल दिई अमेरिका प्रवेश गर्न दिइएको,

  • ४ जना क्रु मेम्बर,

  • ३ जना भिसा फिर्ता लिएर फर्किएका,

  • १ जना तीव्र गतिको देशनिकालामा परेका थिए।
    यसमध्ये एक जना ग्रिनकार्ड वाहक समेत रहेका थिए।

मार्च महिनामा

  • ६ जनामध्ये ४ जनाले स्वदेश फिर्ता भएका थिए,

  • २ जना क्रु मेम्बर थिए।

अप्रिलमा

  • २१ जनामध्ये १८ जनाले स्वेच्छाले भिसा फिर्ता लिएका थिए,

  • १ जना देशनिकालामा परेका थिए,

  • २ जना क्रु मेम्बर थिए।

मे महिनामा

  • ६ जनामध्ये ३ जना भिसा फिर्ता लिई फर्किएका थिए,

  • ३ जना क्रु मेम्बर रहेका थिए।

अक्टोबरदेखि मे महिनासम्मको अवधिमा कूल २०० जना नेपालीहरू अमेरिका प्रवेशको क्रममा रोकिएका थिए।
तिनीहरूमध्ये

  • ५ जना ग्रिनकार्डधारी,

  • ३७ जना विमान वा पानीजहाजका कर्मचारी,

  • १ जना एसाइली,

  • र १५३ जना अन्य प्रकारका भिसा वाहक रहेका थिए।

सीबीपीको रिपोर्ट अनुसार,

  • १३९ जनाले स्वेच्छाले भिसा फिर्ता लिई अमेरिका नपसी फर्किएका,

  • १२ जनालाई देशनिकालाको प्रक्रिया सुरु गरिएको,

  • ११ जनालाई परोल दिई अमेरिका प्रवेश गराइएको,

  • र ६ जनालाई अदालतमा उपस्थित हुन नोटिस (Notice to Appear) जारी गरिएको हो।

यो तथ्यांकले ट्रम्प प्रशासनमा आप्रवासी नियन्त्रण थप कडा भएको संकेत गर्दछ, र नेपाली आप्रवासीहरू समेत त्यसको असरमा परेको देखिन्छ। अमेरिकी प्रवेश प्रक्रियामा सर्तहरूको कडाइ, भिसा छानबिनमा कडापन र सूचनाको पारदर्शिताको अभावले नेपाली यात्रुहरू जोखिममा परिरहेका छन्।

नोट: यात्रुहरूले अमेरिका जानुअघि अध्यागमनसम्बन्धी नियम, भिसा सर्त र प्रवेश प्रक्रिया राम्रोसँग बुझ्न अत्यावश्यक छ। विदेश यात्राको तयारी गर्दा अपडेटेड जानकारी र प्रमाणिक कागजातहरूको तयारी गर्नुले समस्या न्यूनीकरण गर्न सक्दछ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version