परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

Date:

अपडेटहरूका लागि कृपया हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्।

- Advertisement -

- Advertisement -

- Advertisement -

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले भरिएको हुन्छ। विदेशमा नेपाली झन्डा फहराउँदा होस् वा नेपाली ब्रान्डको सामान किन्दा, हाम्रो आत्मसम्मान र पहिचान सधैं जीवन्त रहन्छ। तर, परदेशमा नेपालीपन जोगाउने क्रममा हामीले ठूलो मूल्य चुकाउनुपरेको छ। अस्ट्रेलियामा बस्ने नेपाली समुदायको अनुभवले यो कुरालाई पुष्टि गर्छ—हाम्रो खल्ती रित्तिन्छ, तर धन अरूले कमाउँछ। यो लेख अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई सचेत गराउन र उनीहरूको अनुभवलाई उजागर गर्न लेखिएको छ।

विदेशिनु कसैको रहर होइन, बाध्यता हो। कोही शिक्षाको खोजीमा त कोही श्रमको अवसर खोज्दै नेपाल छाड्न बाध्य हुन्छन्। नेपालमा अवसर नभएको होइन, मेहनत र इमानदारीले धेरैले आफ्नो जीवन बनाएका छन्। तर, स्वाभिमान र इमानदारीसँग बाँच्न चाहनेहरूले नेपालमा भविष्य नदेख्दा विदेशको बाटो रोज्नुपरेको छ। अस्ट्रेलियामा रहेका नेपालीहरूले कठोर परिश्रम गर्छन्—कलेजको शुल्क तिर्छन्, घरमा पैसा पठाउँछन् र बचेको थोरै पैसाले आफ्नो पहिचान जोगाउन नेपाली ब्रान्डका सामान किन्छन्। तर, यही प्रक्रियामा उनीहरू ठगिन्छन्।

अस्ट्रेलियामा नेपाली समुदायले नेपाली खाद्यान्न र सामान किन्दा आफ्नो देशको स्वाद र सम्झना पुनर्जनन गर्ने प्रयास गर्छन्। तर, यो भावनाको फाइदा उठाउँदै केही व्यापारीले ठगी धन्दा चलाएका छन्। उदाहरणका लागि, भैंसीको मासु भनेर गाईको मासु बेचिन्छ। नेपाली ब्रान्डको ट्याग लगाएर स्थानीय बजारबाट सस्तोमा किनिएको सामान महँगो मूल्यमा बेचिन्छ। यस्ता सामानहरू अन्य ग्रोसरी पसलमा सस्तोमा पाइन्छन्, तर नेपाली ट्याग लगाएपछि हामीले दोब्बर मूल्य तिर्नुपर्छ। यो ठगीको शिकार बन्नु भनेको हाम्रो भावनामाथिको खेल मात्र होइन, आर्थिक शोषण पनि हो।

यो विडम्बना हो कि ठग्ने र ठगिने दुवै नेपाली नै छन्। कसैले आफ्नो हैसियत देखाएर ठग्छन् भने कसैले यहाँ बस्ने प्रलोभन देखाएर ठगी गर्छन्। खाद्यान्न सामग्रीमा मात्र होइन, बसाइ व्यवस्थापन र अन्य अवसरका नाममा पनि नेपालीहरू ठगिएका छन्। दुई छाक खान खोज्दा पनि हामीलाई नेपालीपनको नाममा महँगो मूल्य चुकाउनुपरेको छ।

परदेशमा एक आपसमा सहयोग गर्ने संस्कार हुनुपर्ने हो। तर यहाँ कहिलेकाहीँ त्यही नेपालीपन शोषणको माध्यम बन्न पुगेको छ। नेपालीबाटै नेपाली ठगिनु ‘सामान्य’ कुरा जस्तै हुन थालेको छ – चाहे त्यो कन्सल्टेन्सी, बसोबासको ब्यवस्था होस् वा खानपानको सामग्री। भावनामा खेल्नेलाई रोक्ने संयन्त्र नहुँदा, सोझासाझा नेपालीहरू बारम्बार ठगिन बाध्य छन्।

अस्ट्रेलियामा रहेका नेपाली समुदायले यस्ता ठगीबाट बच्न सचेत हुनु जरुरी छ। नेपाली ब्रान्डको सामान किन्दा गुणस्तर र मूल्यको तुलना गर्नुपर्छ। स्थानीय बजारमा उपलब्ध सामानको मूल्य र नेपाली पसलमा बेचिने सामानको मूल्यबीच ठूलो अन्तर छ भने त्यसको कारण खोज्नुपर्छ। साथै, सामुदायिक एकता र जागरूकताले यस्ता ठगीलाई कम गर्न सकिन्छ। नेपाली व्यवसायीहरूलाई पनि इमानदारी अपनाउन प्रोत्साहन गर्नुपर्छ, ताकि हाम्रो पहिचान र मेहनतको सम्मान होस्।

 

विदेशको चिसो भूमिमा आफूलाई न्यानो बनाउने एउटा मात्रै साधन हो—नेपालीपन। र यसैलाई हतियार बनाउनेहरू छन्, जो नेपालीकै संवेदनशीलता र भावनामा खेल्दै आफ्नो व्यापारिक लाभ उठाइरहेका छन्। परदेशमा “नेपाली” भन्ने नामसँग खेलबाड चलिरहेको छ—एक किसिमको भावनात्मक दोहन। “नेपाली स्टोर”, “नेपाली रेस्टुरेन्ट”, “नेपाली स्कूल” भन्ने नाम राख्नासाथ हामी ढुक्क हुन्छौं। हामीलाई लाग्छ—यो त हाम्रै हो, आफ्नै हो। तर यिनै नाम पछाडि धेरैजसो व्यापारिक मनसाय लुकेको छ। के हामीले कहिल्यै सोच्यौं—ती स्टोरमा पाइने सामान किन यति महँगो छन्? त्यसको गुणस्तर, त्यसको मूल्य, त्यो “नेपाली”पन साँच्चिकै हामीलाई सम्मान दिन खोजेको हो कि हामीलाई नै दोहन गरिरहेको हो?

हामी “नेपाली” ब्राण्ड देखेर नाताको भावना भुल्छौं, मूल्यको कुरा भुल्छौं। एउटै चिज जुन सुपरमार्केटमा सस्तो पाइन्छ, त्यही चिज “नेपाली स्टोर” मा दोब्बर मूल्यमा किन्दै हिँड्छौं। हामी समर्थन गरौं आफ्ना मान्छेहरूलाई—तर त्यो समर्थन सद्भावमा आधारित हुनुपर्छ, अन्धविश्वासमा होइन।

सबै नेपाली व्यवसायीहरू यस्ता होइनन्, तर यस्ता भीडभाडमा लुकेका अनुहारहरूलाई हामीले चिन्दै नचिनेझैं गर्ने हो भने यो प्रवृत्ति झनै बढ्दै जान्छ। कुनैले “नेपालीपन”को नारा दिँदै नुन भन्दा बेसार महँगोमा बेचिरहेछन्। कुनैले युट्युबमा “नेपाली स्कूल” खोलेको नाटक गर्दै तीन महिनाको पाठ्यक्रम हजारौं डलरमा बेचिरहेका छन् भने कुनै नेपाली पसलले चाईनिज, भियतनामी पसलमा सस्तो पर्ने नेपालमा पाईने साग सब्जी नेपालीपनको नाममा दोब्बर तेब्बर दाममा बेची रहेका हुन्छन। । भावनामा खेल्ने यस्तो व्यापार रोटिपानी बेच्नेभन्दा धेरै खतरनाक हुन्छ।

 

यो लेख आक्रोश पोख्न लेखिएको होइन चेतनाका लागि हो। हामी सबैलाई सम्झाउन लेखिएको हो—“नेपालीपन” व्यापार होइन, आत्मीयता हो। आफ्ना माटो, आफ्ना मन, आफ्ना मान्छेप्रतिको प्रेम—त्यो हाम्रो गौरव हो। त्यो बेचिनु हुँदैन।

यो लेख अष्ट्रेलियामा रहेका नेपाली समुदायको हित र सशक्तिकरणका लागि लेखिएको हो। यदि तपाईंले पनि यस्ता अनुभवहरू भोग्नुभएको छ भने, खुला रूपमा साझा गर्नुहोस् – परिवर्तन हामी सबैबाट सुरु हुन्छ।

- Advertisement -

नेपाली सञ्चारमा प्रकाशित सबै समाचारहरू तेस्रो पक्ष स्रोतहरू — जस्तै समाचार प्लेटफर्महरू, सामाजिक सञ्जाल, लेखक आदि — बाट सूचना प्रयोजनका लागि संकलन गरिएका हुन्। नेपाली सञ्चार कुनै पनि संस्थागत धारणा वा पक्षप्रति प्रतिबद्ध छैन, र यहाँ व्यक्त गरिएका विचार, अभिव्यक्ति तथा निष्कर्षहरू पूर्ण रूपमा सम्बन्धित लेखक(हरू)का व्यक्तिगत हुन्।

यदि तपाईंलाई कुनै सामग्री अनुपयुक्त लागेमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस् — हामी त्यसलाई पुनरावलोकन, सुधार वा आवश्यक परेमा हटाउने प्रक्रिया अघि बढाउनेछौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Nepali Sanchar Logo

Nepali Sanchar Radio

Broadcasting from Melbourne, Australia

Listen to us also on mobile apps:
Hamro Patro | TuneIn Radio

ताजा अपडेट

Late Night Nepalese & Indian Food Melbournespot_img

Subscribe

More like this
Related

अमेरिकाद्वारा इरानमाथि सीधा हमला, तीन आणविक केन्द्र ध्वस्त: ट्रम्पको घोषणा

वासिङ्टन / तेहरान – २०८२ असार ८ गतेअमेरिकाले इरानविरुद्धको...

अष्ट्रेलियामा आज वर्षको सबैभन्दा छोटो दिन: शीतकालीन अयन सुरु

मेलबर्न, जुन २१ : अष्ट्रेलियामा आज वर्षको सबैभन्दा छोटो...

पर्थ विमानस्थलमा पाकिस्तानी नागरिकबाट $100,000 नगद बरामद, AFP द्वारा अनुसन्धान जारी

पर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा एक २१ वर्षीय पाकिस्तानी नागरिकको लगेजबाट करिब $100,000 नगद फेला परेको छ। अफगान प्रहरी (AFP) ले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई ठगी अभियोगमा ७ वर्षको जेल सजाय

डर्बन, दक्षिण अफ्रिका – महात्मा गान्धीकी ५६ वर्षीया पनातिनी...