३१ अगस्ट २०२५ का दिन ‘मार्च फर अष्ट्रेलिया’ राष्ट्रव्यापी प्रदर्शन हुने

आयोजकहरूले यसलाई शान्तिपूर्ण बताइरहे पनि, यसलाई आप्रवासीविरोधी प्रदर्शन मानिएको छ। त्यसैले अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासी समुदायमा केही त्रास फैलिएको छ। प्रहरी प्रशासनले सबै गतिविधि निगरानीमा राखेको छ, आवश्यक परे थप सुरक्षा व्यवस्था गरिनेछ। सरकारको भनाइ छ — सुरक्षाको जिम्मा सरकारले लिएको छ, आप्रवासीहरूले डराउनुपर्ने छैन, तर सतर्क रहनु आवश्यक छ।

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

अष्ट्रेलियामा आगामी ३१ अगस्ट २०२५ का दिन ‘मार्च फर अष्ट्रेलिया’ नाम दिइएको राष्ट्रव्यापी प्रदर्शन हुने भएको छ। मेलबर्न, सिड्नी, ब्रिस्बेन, पर्थ, एडलेड लगायतका सहरमा यस प्रदर्शनका लागि तयारी भइरहेको छ। आयोजकहरूले यसलाई “देशलाई आप्रवासनको दबाबबाट जोगाउने अभियान” भनेर प्रचार गरिरहेका छन्।

आयोजकहरूका अनुसार अष्ट्रेलियामा भइरहेको ‘मास इमिग्रेशन’ (अत्यधिक आप्रवासन) ले आवास, रोजगारी, यातायात, तथा सांस्कृतिक पहिचानमा दबाब परेको भन्दै यसविरुद्ध जनतालाई सडकमा उतार्ने उद्देश्य राखिएको छ। उनीहरूले आफूहरू कुनै राजनीतिक दल वा अतिवादी समूहसँग संलग्न नरहेको दाबी गरे पनि, विज्ञ र मानवअधिकार संगठनहरूले यसलाई स्पष्ट रूपमा आप्रवासीविरोधी अभियान भनेका छन्।

यो प्रदर्शन विशेषगरी रंगभेद र आप्रवासीविरोधी गतिविधि बढ्ने सम्भावना भएकाले आप्रवासी समुदायमा त्रास छ। भारतीय, नेपाली, चिनियाँ लगायतका अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासीहरूलाई सहरको भीडभाड क्षेत्र जस्तै– मेलबर्न सीबीडी, सिड्नी टाउनहल, ब्रिस्बेन सिटी स्क्वायर जस्ता स्थानमा अनावश्यक हिँडडुल नगर्न सन्देश दिइएको छ।

सामाजिक सञ्जालमार्फत केही आप्रवासी समुदायले २००५ को क्रोनुला दंगा सम्झाउँदै सुरक्षा चेतावनी जारी गरेका छन्। त्यसैले विद्यार्थी तथा कामदारहरूले त्यतिबेला अनावश्यक भिडभाड क्षेत्र टाढा रहनु, समूहमा यात्रा गर्न, आपतकालीन सम्पर्क नम्बर (000) तथा नजिकको प्रहरी सम्पर्क विवरण साथमा राख्न सुझाइएको छ।

अष्ट्रेलियाको विभिन्न राज्यका प्रहरीले यस प्रदर्शनलाई नजिकबाट निगरानी गरिरहेका छन्। आवश्यक परे भारी संख्यामा प्रहरी परिचालन गरिनेछ। आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने दाबी गरे पनि, विरोधी समूहहरू (जस्तै– वामपन्थी, एन्टिफासिस्ट समूह) ले विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। यस कारण कतिपय ठाउँमा भिडन्त हुने सम्भावना नकार्न सकिँदैन।

सरकार र प्रहरी प्रशासनले आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आतङ्कित हुन नपर्ने तर सचेत रहनुपर्ने सन्देश दिएका छन्। प्रहरीले सबै गतिविधि ‘क्लोज मोनिटरिङ’मा राखेको छ र कुनै पनि आप्रवासीमाथि आक्रमण वा दुर्व्यवहार भए तुरुन्तै कानुनी कारबाही गरिने जनाएको छ।

सुरक्षित रहने उपाय

  • प्रदर्शन हुने स्थान नजिक नजानु।

  • समूहमा यात्रा गर्नु, एक्लै नहिँड्नु।

  • आपतकालीन अवस्थामा 000 मा फोन गर्ने।

  • स्थानीय नेपाली संघसंस्थाको सम्पर्क नम्बर साथमा राख्ने।

  • सरकारी सूचना र प्रहरीको निर्देश पालना गर्ने।

३१ अगस्टको प्रदर्शन आप्रवासनविरोधी भए पनि, सरकार र प्रहरी प्रशासन आप्रवासीहरूको सुरक्षामा गम्भीर रूपमा लागिपरेका छन्। त्यसैले अनावश्यक त्रासमा नपरी, तर सचेत र सतर्क रहँदै दैनिक गतिविधि गर्न सकिन्छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

भिक्टोरिया पोरेपुङ्का घटनामा दुई प्रहरीको हत्या, एक गम्भीर घाइते

भिक्टोरिया, अस्ट्रेलिया — मंगलबार बिहान (२६ अगस्ट) करिब १०:३०...

क्विन्सल्याण्डमा इस्लामिक स्टेट समर्थन गर्न उक्साएको अभियोगमा ४ वर्ष जेल सजाय

ब्रिस्बेन, अगस्ट २६, २०२५ ।क्विन्सल्याण्डको लोगनका ४३ वर्षीय एक...

राजमा खान मन छ तर हाजमा खराब हुने डर छ भने अब डराउनु पर्दैन

राजमा — नेपाली भान्सामा धेरैको मनपर्ने र विशेष स्थान...

स्वस्थ जीवनका लागि फिटनेस: सानो बानीले दिन सक्छ ठूलो फाइदा

 व्यस्त जीवनशैली र प्रविधिको अधिक प्रयोगसँगै शारीरिक निष्क्रियता बढ्दो...

कक्षा सञ्चालनको क्रममा बाल यौन दुर्व्यवहारका तस्बिर देखिएपछि प्राध्यापक पक्राउ

मेलबर्न, अष्ट्रेलिया – एक ७० वर्षीय प्राध्यापकलाई विश्वविद्यालयको कक्षा...

स्वस्थ गर्भावस्था: आमाका लागि सुरक्षा र बच्चाका लागि बलियो भविष्य

गर्भावस्था महिलाको जीवनको विशेष र संवेदनशील चरण हो। यस...

Related Articles

spot_img
spot_imgspot_img