Home अस्ट्रेलिया सिड्नीको रकडेलमा बाल साहित्यिक कार्यक्रम सम्पन्न

सिड्नीको रकडेलमा बाल साहित्यिक कार्यक्रम सम्पन्न

0
तस्वीर स्रोत: अनेसास

सिड्नी – नेपाली भाषा, साहित्य, र संस्कृतिप्रति प्रवासी नेपाली बालबालिकालाई प्रेरित गर्ने उद्देश्यले अनेसास न्यू साउथ वेल्स च्याप्टर द्वारा सिड्नीको रकडेलमा बाल साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव भावना पराजुलीले स्वागत मन्तव्य दिइन्। प्रमुख अतिथि अनुपमान सैंजुलेप्रवासमा नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन आवश्यक रहेको बताए।

बाल तारा अवार्ड विजेता आयाम घिमिरेको सञ्चालनमा आयोजित कार्यक्रममा १८ भन्दा बढी बालबालिकाहरूले कविता, गीत, श्लोक वाचन तथा रामायण पाठ प्रस्तुत गरे। सहभागी बालबालिकालाई ट्रफी, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो भने आयाम घिमिरे र श्रेष्या पौडेललाई उत्कृष्ट एवार्ड तथा नगद पुरस्कार प्रदान गरियो।

कार्यक्रममा पत्रकार, कलाकार, समाजसेवी तथा विभिन्न संस्थाहरूको सहयोग र उपस्थिति रहेको थियो। अध्यक्ष पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा संस्था निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version