नुडल्सको अत्यधिक सेवन स्वास्थ्यका लागि खतरनाक : नयाँ अध्ययनले देखायो

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

पछिल्लो समय लोकप्रिय बनेका बजारमा पाईने विभिन्न नुडल्स (instant noodles) स्वास्थ्यका लागि खतरनाक हुनसक्ने नयाँ अनुसन्धानले देखाएको छ। अमेरिका स्थित मेयो क्लिनिक (Mayo Clinic) द्वारा गरिएको अध्ययन अनुसार, अत्यधिक मात्रामा रमेन वा अन्य इन्स्ट्यान्ट नुडल्सको सेवन विशेषगरी महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

अनुसन्धानकर्ताहरूका अनुसार, हप्तामा दुई पटक भन्दा बढी इन्स्ट्यान्ट नुडल्स खाने महिलाहरूमा मेटाबोलिक सिन्ड्रोम (Metabolic Syndrome) को जोखिम दोब्बर हुने पाइएको छ। मेटाबोलिक सिन्ड्रोम भनेको उच्च रक्तचाप, रगतमा चिनीको मात्रा असन्तुलित हुनु, पेटमा बोसो जम्नुजस्ता समस्या हो, जसले मधुमेह (Diabetes) र हृदयघात (Heart Disease) को खतरा बढाउँछ।

अनुसन्धानमा यो पनि देखिएको छ कि नुडल्सको प्याकेजिङमा प्रयोग हुने BPA (Bisphenol A) नामक रसायनले विशेषगरी महिलाहरूमा एस्ट्रोजन हर्मोनको स्तर बढाउने र हार्मोन सन्तुलनमा गडबडी ल्याउने खतरा हुन्छ।

मेयो क्लिनिकका विशेषज्ञहरू विदेशमा प्रचलित रमेन नुडल्सलाई उदाहरण दिदै भन्छन् – “यो समस्या केवल रमेन नुडल्समा मात्र सीमित छैन, अन्य कुनै पनि प्रकारका इन्स्ट्यान्ट नुडल्सहरू, जुन अत्यधिक प्रशोधित (processed) हुन्छन्, तिनीहरूको अत्यधिक सेवनले दीर्घकालीन रूपमा शरीरमा नकारात्मक असर पुर्याउन सक्छ।”

विशेषज्ञहरूको सुझाव अनुसार, रमेनजस्ता फास्ट फुडलाई कहिलेकाहीँ खानु ठीक भए पनि, नियमित रूपमा हप्तामा दुईपटक वा सोभन्दा बढी खा

 

इने हो भने, स्वास्थ्य गम्भीर रूपमा प्रभावित हुनसक्छ। यसको सट्टा पोषणयुक्त खाना – जस्तै सागपात, फलफूल, पूर्ण अन्न, र प्रोटिनयुक्त स्रोतहरू – सेवन गर्न सल्लाह दिइन्छ।

निष्कर्षमा, नुडल्सहरु सस्तो, सजिलो र स्वादिलो हुन सक्छ, तर लामो समयसम्म यसको अत्यधिक सेवनले महिलाहरूको हार्मोनल स्वास्थ्य मात्र होइन, समग्र जीवनशैलीमा पनि नकारात्मक असर पार्न सक्छ। सजग रहनुहोस्, स्वास्थ्यको ख्याल राख्नुहोस्।

- Advertisement -

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

प्याराग्वेमा स्थायी आवासीय अनुमति: नेपाली नागरिकहरूले समेत आबेदन दिन पाउने

प्याराग्वेले स्थायी आवासीय अनुमति (Permanent Residency) आवेदन प्रक्रिया पुनः...

डोहामा इजरायली आक्रमणपछि ट्रम्प र कतारी प्रधानमन्त्रीबीच भेट हुने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन...

सुशीला कार्की प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचनको म्यान्डेट

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार नेपालको पहिलो महिला...

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पति ऐतिहासिक विमान अपहरण प्रकरणमा संलग्न

काठमाडौँ – नेपालकी पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम सरकार प्रमुख सुशीला...

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुखमा नियुक्त

काठमाडौँ – नेपालको अस्थिर राजनीतिक परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई...

भिक्टोरिया पोरेपुङ्का घटनामा दुई प्रहरीको हत्या, एक गम्भीर घाइते

भिक्टोरिया, अस्ट्रेलिया — मंगलबार बिहान (२६ अगस्ट) करिब १०:३०...

क्विन्सल्याण्डमा इस्लामिक स्टेट समर्थन गर्न उक्साएको अभियोगमा ४ वर्ष जेल सजाय

ब्रिस्बेन, अगस्ट २६, २०२५ ।क्विन्सल्याण्डको लोगनका ४३ वर्षीय एक...

Related Articles

spot_img
spot_imgspot_img