अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजद्वारा इस्रायलको आलोचना – “गाजावासीलाई खाद्यान्न नदिनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन”

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

सिड्नी, जुलाई २७ – अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज ले गाजाका हजारौं नागरिकहरूलाई खाद्यान्न तथा राहत सामग्री नदिएको भन्दै इस्रायलले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्। तर, उनले फ्रान्स नेतृत्वमा अघि बढाइएको फलिस्तीनी राज्य मान्यताको प्रस्तावमा तत्काल समर्थन नजनाउने स्पष्ट संकेत पनि दिएका छन्।

आइतबार एबीसीको ‘इन्साइडर्स’ कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री अल्बानीजले भने,

“म कानुनविद् होइन, तर गाजावासीलाई खाना नदिनु स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो। यो निर्णय इस्रायलले मार्च महिनामा गरेको थियो।”

उनले थपे,

“यो केवल कानुनको उल्लङ्घन मात्र होइन, यो मानवीयता र नैतिकताको पनि उल्लङ्घन हो। सबैले यो देखेका छन्।”

प्रधानमन्त्रीको टिप्पणी इस्रायलमाथिको आलोचनालाई अझ तीव्र बनाएको छ। इस्रायलले गाजामा खाद्यान्न र मानवीय सहायता प्रवेशमा रोक लगाएपछि त्यहाँ गम्भीर मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय संस्थाहरूले चेतावनी दिएका छन्।

गाजा क्षेत्रमा विगत केही महिनादेखि भोकमरीबाट ग्रसित बालबालिकाहरूको पीडादायी तस्बिरहरू देखिँदै आएका छन्। सहायता वितरण स्थलहरूमा भीड नियन्त्रण गर्न इस्रायली सेनाले गोली चलाएको भन्दै आलोचना हुँदै आएको छ। इस्रायली सेनाले तिनलाई चेतावनी स्वरूप गोली चलाएको दाबी गरे पनि गाजाका चिकित्सकहरूले सडकमा सहायता खोज्न उत्रिएका दर्जनौं नागरिक मारिएको बताएका छन्।

यो साता अष्ट्रेलिया, बेलायत, क्यानडा, न्यूजिल्यान्डसहित ३० भन्दा बढी देशहरूले संयुक्त रूपमा एउटा पत्र जारी गर्दै “भोकाएका नागरिकहरूको अमानवीय हत्या” को निन्दा गरेका छन्।

उक्त पत्रमा भनिएको छ,

“गाजाका नागरिकहरूको suffering (पीडा) अहिले चरम सीमामा पुगेको छ। हामी सहायता आपूर्ति र पानी-खाद्यान्नको खोजीमा लागेकाहरूको अमानवीय हत्या निन्दा गर्छौं।”

यस संकटको सुरुवात गत वर्ष अक्टोबर ७, २०२३ मा भएको हमासको आक्रमणपछि भएको थियो, जसमा १२०० जना इस्रायली नागरिकको मृत्यु भएको र २५० जनालाई बन्धक बनाइएको थियो।

यद्यपि, अष्ट्रेलियन यहूदी समुदाय र इस्रायली अधिकारीहरूले प्रधानमन्त्री अल्बानीज नेतृत्वको सरकारमाथि इस्रायलमाथि दोष थोपरेको आरोप लगाएका छन्। तर प्रधानमन्त्रीले सो दाबीलाई अस्वीकार गर्दै भने,

“म इस्रायलको अस्तित्व र सुरक्षाको अधिकारको समर्थन गर्छु। तर, कार्यक्रममा देखाइएको त्यो भोकाएको बालकले इस्रायलको अस्तित्वमा खतरा पुर्याएको छैन।”

“जीवन रक्षा गर्ने युनाइटेड नेसन्स होइन, इस्रायल–अमेरिकी संयन्त्रमार्फत वितरण गरिएको सहायता लिने क्रममा कतिपय नागरिकहरूले ज्यान गुमाएका छन्। त्यो एक दुःखद परिस्थिति हो।”

शनिबारदेखि इस्रायलले फेरि गाजामा हवाई राहत सहायता सुरु गरेको छ र मानवीय गल्छिका (humanitarian corridors) खोल्ने घोषणा गरेको छ, जसले सहायता काफिलाई सुरक्षित प्रवेशको बाटो दिनेछ। डोहामा भएको हमास–इस्रायल अप्रत्यक्ष वार्ता कुनै नतिजा ननिस्किएर टुटेपछि यो कदम लिइएको हो।

रायटर्स समाचार एजेन्सीका अनुसार, आइतबारदेखि गाजातर्फ सहायता ट्रकहरू गइरहेका छन्। अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले गाजाका २२ लाख नागरिक गम्भीर भोकमरीको अवस्थामा रहेको चेतावनी दिएका छन्।

प्रधानमन्त्री अल्बानीजले भने,

“हामी अहिले फ्रान्सजस्तै संयुक्त राष्ट्रसंघ महासभामा फलिस्तीनी राज्यको मान्यता दिने पक्षमा छैनौं। तर, भविष्यमा उचित समय आउँदा निर्णय लिइनेछ।”

उनले थपे,

“हामी जतिसुकै मान्यता दिँदा पनि त्यो हमासबाट स्वतन्त्र र इस्रायलको अस्तित्वमा खतरा नहुने गरिकन हुनुपर्छ। यसलाई हामी कुनै gesture (संकेत) का रूपमा होइन, समाधानका लागि कदमको रूपमा लिन चाहन्छौं।”

ध्यान दिनुहोस्, अस्ट्रेलियाको लेबर पार्टीले सन् २०२१ यता आफ्नो नीति दस्तावेजमा फलिस्तीनी राज्यको समर्थन गर्ने उल्लेख गरिसकेको छ।

- Advertisement -
समाचार श्रोत :AFR

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

स्वस्थ गर्भावस्था: आमाका लागि सुरक्षा र बच्चाका लागि बलियो भविष्य

गर्भावस्था महिलाको जीवनको विशेष र संवेदनशील चरण हो। यस...

जापान र हवाईमा सुनामीको खतरा: अष्ट्रेलियन पर्यटकहरूलाई सतर्क रहने चेतावनी

जापान र हवाईजस्ता अष्ट्रेलियन नागरिकहरूले अत्यधिक रुचाएका अन्तर्राष्ट्रिय गन्तव्यहरूमा...

७६ वर्षीया महिलालाई ठक्कर दिएर भ्यान फरार, चालकको खोजीमा प्रहरी

नोबल पार्क नर्थमा भएको एउटा सवारी दुर्घटनामा संलग्न भ्यान...

एनआरएनए भिक्टोरिया निर्वाचन २०२५–२०२७ सम्पन्न: महादेव धानुक राज्य संयोजकमा निर्वाचित

मेलबर्न, जुलाई २७ — अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सम्पन्न गैरआवासीय...
00:00:58

बङ्गलादेश वायुसेनाको तालिम विमान दुर्घटना, हालसम्म २७ जनाको मृत्यु

अपडेट: ढाका, जुलाई २२ — बंगलादेशको राजधानी ढाकास्थित एक...

अष्ट्रेलियामा शैक्षिक ठगी र नेपाली समुदायमा पार्ने असर

अष्ट्रेलियामा पछिल्लो समय निजी कलेजहरूमा देखिएको नक्कली डिग्री, अवैध...

ट्रम्पको नयाँ भिसा नीति : पर्यटन र विश्वकप तयारीमा असर पर्ने चिन्ता

सन् २०२६ देखि अमेरिकी भिसामा थप २५० डलर ‘भिसा इन्फ्रास्ट्रक्चर शुल्क

Related Articles

spot_img
spot_imgspot_img