संसारमा नै सुनले बनेको पहिलो होटेल, भित्तादेखि ट्वाइलेटका सिटसम्म गाेल्ड प्लेटेड

Date:

अपडेटहरूका लागि कृपया हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्।

- Advertisement -

- Advertisement -

- Advertisement -

विश्व बजारमा सुन महंगिएर प्रति अउन्स २ हजार ३३० डलरकाे उचाइमा पुगेकाे छ । नेपालमा पनि सुन ताेलाकै एक लाख ३६ हजार २०० रूपैयाँकाे रेकर्डस्तरमा पुग्नु औसत मानिसकाे क्षमताभन्दा बाहिर हाे । तर सुनकाे भाउ छाेइ नसक्नु भएकाे समयमा विश्वकाे कुनै कुनामा सुनकाे जलप लगाएकाे हाेटल छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

तर यहिँ मूल्यवान सुनकाे गरगहना खरिद गर्नु र लाउनु नै अहिले चासाेकाे विषय बनिरहँदा भियतनाममा सुनकाे जलप जडित महल संचालन गरिएकाे छ।

संसारमा धेरै भवनहरू डिजाइनका कारण नै चर्चित छन्। यस्ता भवनहरूकाे अनौठो डिजाइन र आधुनिक सुविधाहरू यस्तो छन् कि देखेपछि मानिसहरू छक्क पर्छन् । यस्तै एउटा भवन भियतनामको राजधानी हनोइमा बनाइएको हाे । वास्तवमा यो भवन एक होटेल हो र यो सुनले बनेको विश्वकै पहिलो पाँच तारे होटल हो।

यस हाेटलमा भित्तादेखि ट्वाइलेटका सिटसम्म २४ क्यारेट सुनले बनेको छ । विश्वमा याे एक मात्र यस्ताे होटल हाे जुन सुनले मात्र बनाइएको छ ।

यद्यपि, यो होटल पूर्णतया ठोस सुनले बनेको हाेइन। तर यस होटलको पर्खालदेखि टाईलसम्म सबै गाेल्ड प्लेटेड रहेकाे छ। यसबाहेक यहाँका भाँडाकुँडा र शौचालयका सिट समेत सबै सुनकाे जलप जलाइएकाे छ। यसको अर्थ यो होटल पूरै गाेल्ड प्लेटेड हाे।

के के छन् सुविधा?

यो भियतनामस्थित हनाेइकाे ५ तारे होटल हो र यसको नाम ‘द डाेल्से हनोई गोल्डेन लेक’ हो। २५ तले बनेको यो होटलमा ३४२ कोठाहरू छन्। यस होटलको भित्ता र भुइँका टाइलहरू सुनले लेपिएकाे छ। यहाँ कार्यरत कर्मचारीको ड्रेस कोड रातो रहेकाे छ।

हाेटलमा गाेल्ड प्लेटेड इन्फिनिटी पुल, सुनकाे लबी र सुनकाै टाइल्स रहेकाे छ । यति मात्र नभइ यस हाेटलमा गाेल्ड प्लेटेड लिफ्ट पनि रहेकाे छ ।

यस हाेटलकाे बाथरूमा पनि सबै कुरा सुन जडित छ । यस बाथरूममा गाेल्ड प्लेटेड बाथ टब, सिंक्स, टाेइलेट रहेकाे छ । यसबाहेक हाेटलका फर्निचर र अप्लायन्स पनि सुनले नै बनाइएकाे हाे।

याे हाेटल बनाउन करिब ११ वर्ष समय लागेकेा थियाे । सन् २००९ देखि यो होटल निर्माण गर्न सुरू गरिएकाे थियाे भने २०२० काे जुलाइमा याे हाेटलकाे औपचारिक सुरूवात गरिएकाे थियाे ।

होटल शुल्क प्रति रात ३२ हजारदेखि साढे ७ लाखमाथि

यस होटलमा एक रात बस्नको लागि शुरुवाती भाडा करिब ३२ हजार रूपैयाँ छ ।  यस होटलको कोठामा एक रात बस्नको लागि डबल बेडरूम सुइटको शुल्क झण्डै एक लाख २५ हजार रुपैयाँ छ भने सुइटको मूल्य ७ लाख ७६ हजार रुपैयाँ बराबर छ । यो होटलमा सबै सुविधाहरु छ। यसमा गेमिङ क्लब, स्विमिङ पुल, क्यासिनो र पोकर गेम जस्ता सबै सुविधाहरू छन्।

याे गोल्ड प्लेटेड होटेलमा बस्न नसक्ने व्यक्तिले गोल्डकपमा कफी पिएर आनन्द लिन सक्छन् । यस बाहेक सुनको बाथटबमा बसेर उनीहरू नुहाउन पनि सक्छन् । तर यसका लागि छुट्टै पैसा तिर्नुपर्नेछ।

काे हुन् यस हाेटलका मालिक ?

यो होटल बिन समूहका अध्यक्ष गुएन हुउ डुओङको स्वामित्वमा रहेकाे छ।डुओङ होआ बिन समूह एक शीर्ष पर्यटन र कार्यक्रम प्रदायकहरू मध्येकाे एक हाे । यसका केही लाेकप्रिय होटलहरूमा सोमरसेट होआ बिन, डोल्से हनोई गोल्डेन लेक र दानङ गोल्डेन बे समावेश छन्।

डुओङका अनुसार यस होटलमा प्रवेशद्वारदेखि छतसम्मका धेरै वस्तु या त सुनको बनेका छन् वा सुनको लेप लगाइएको छ ।

करिब १०० मिलियन डलरको लागतमा बनेको यस होटलको करिडोर र कोठादेखि लिएर कटलरी र ट्वाइलेट सिटसम्म सबै कुरामा सुनको जलप छ। यो आफैंमा विश्वको पहिलो स्वघोषित सुनको प्लेटेड होटल हो।

काेराेनाले थलिएकाे थियाे हाेटल

कोरोना भाइरसका कारण विश्वभरको पर्यटन उद्योग नराम्ररी प्रभावित भएपछि भियतनाम पनि यसबाट अछुतो रहेन । महामारी विरुद्ध भियतनामको रणनीतिको अत्यधिक प्रशंसा गरिएको थियाे।कोरोना महामारीका कारण विगतका वर्षमा यो होटेलले खासै आम्दानी गर्न सकेन ।

तर पनि सन् २०२१ मा यो होटेलबाट आम्दानी हुने अपेक्षा होटल सञ्चालकले गरेका थिए । यो होटल ‘डोल्से हनोई गोल्डेन लेक’ का मालिकहरूले अर्को वर्ष पैसा कमाउने आशा गरेका थिए।

लिलामीमा राखियाे गाेल्ड प्लेटेड हाेटल

तर मार्च २०२३ मा हनोई गोल्डेन लेक हाेटल बिक्रीमा राखियाे । याे हाेटल लिलामीमा राखिएकाे संचारमाध्यमले लेखेका थिए। हाेटलकाे सुरूवाती मूल्य २५० मिलियन डलरमा राखिएकाे थियाे। लिलामी मार्चको लागि तय गरिएको थियाे। कम्पनीकाे कर्मचारी क्षतिपूर्ति दिने चाहना र ब्याजको लागि कोषको कमीका कारण सम्पत्ति बेच्न खाेजेकाे हाेटलका संचालक डुओङले बताएका थिए ।

साे समयमा करिब १० इच्छुक लगानीकर्ताले मूल्यको लागि वार्ता गरिरहेकाे संचारमाध्यमले उल्लेख गरेका थिए । २५० मिलियन अमेरिकी डलरकाे प्रस्ताव गर्दै डुओङले होटलको आकर्षक व्यावसायिक मूल्यका लागि मूल्य बढी हुने अपेक्षा गरेकाे बताइएकाे थियाे।

यद्धपी अचानक डुओङले उक्त लिलामी रद्ध गरेकाे खबर पनि पछि बाहिरिएकाे थियाे ।

डुओङकाे होआ बिन समूहको हाल हनोईमा करिब ९,००० वर्ग मिटर जमिन छ र सामाजिक आवास परियोजना निर्माण गर्ने योजना छ । तर लगभग एक वर्षको प्रतिक्षा पछि पनि परियोजना स्वीकृत भएको छैन जसले कम्पनीको अवस्थालाई थप जटिल बनाएकाे हाे।

एजेन्सीकाे सहयाेगमा ।

- Advertisement -

नेपाली सञ्चारमा प्रकाशित सबै समाचारहरू तेस्रो पक्ष स्रोतहरू — जस्तै समाचार प्लेटफर्महरू, सामाजिक सञ्जाल, लेखक आदि — बाट सूचना प्रयोजनका लागि संकलन गरिएका हुन्। नेपाली सञ्चार कुनै पनि संस्थागत धारणा वा पक्षप्रति प्रतिबद्ध छैन, र यहाँ व्यक्त गरिएका विचार, अभिव्यक्ति तथा निष्कर्षहरू पूर्ण रूपमा सम्बन्धित लेखक(हरू)का व्यक्तिगत हुन्।

यदि तपाईंलाई कुनै सामग्री अनुपयुक्त लागेमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस् — हामी त्यसलाई पुनरावलोकन, सुधार वा आवश्यक परेमा हटाउने प्रक्रिया अघि बढाउनेछौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Nepali Sanchar Logo

Nepali Sanchar Radio

Broadcasting from Melbourne, Australia

Listen to us also on mobile apps:
Hamro Patro | TuneIn Radio

ताजा अपडेट

Late Night Nepalese & Indian Food Melbournespot_img

Subscribe

More like this
Related

अमेरिकाद्वारा इरानमाथि सीधा हमला, तीन आणविक केन्द्र ध्वस्त: ट्रम्पको घोषणा

वासिङ्टन / तेहरान – २०८२ असार ८ गतेअमेरिकाले इरानविरुद्धको...

अष्ट्रेलियामा आज वर्षको सबैभन्दा छोटो दिन: शीतकालीन अयन सुरु

मेलबर्न, जुन २१ : अष्ट्रेलियामा आज वर्षको सबैभन्दा छोटो...

पर्थ विमानस्थलमा पाकिस्तानी नागरिकबाट $100,000 नगद बरामद, AFP द्वारा अनुसन्धान जारी

पर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा एक २१ वर्षीय पाकिस्तानी नागरिकको लगेजबाट करिब $100,000 नगद फेला परेको छ। अफगान प्रहरी (AFP) ले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई ठगी अभियोगमा ७ वर्षको जेल सजाय

डर्बन, दक्षिण अफ्रिका – महात्मा गान्धीकी ५६ वर्षीया पनातिनी...