Home सुचना प्रविधि सौर्य ऊर्जाबाट चल्ने रकेट : अब मंगल यात्रामा नयाँ युग

सौर्य ऊर्जाबाट चल्ने रकेट : अब मंगल यात्रामा नयाँ युग

0
धेरै संस्थाहरूले पृथ्वीमा ऊर्जा स्रोतको रूपमा आणविक फ्युजनको प्रयोगको बारेमा अनुसन्धान गरिरहेका छन्। (तस्बिर एएफपी)

वैज्ञानिकहरू अन्तरिक्ष यात्रामा क्रान्ति ल्याउने नयाँ प्रविधि विकास गर्दै छन्। आणविक फ्युजन प्रविधिको प्रयोगले अब केही महिनाभित्रै मंगल ग्रहमा पुग्न सकिने सम्भावना बढेको छ। बेलायती स्टार्टअप पल्सर फ्युजनले बेलायती अन्तरिक्ष एजेन्सीसँगको सहकार्यमा “सनबर्ड” नामक क्रान्तिकारी रकेट अवधारणा सार्वजनिक गरेको छ।

यो रकेटले आणविक फ्युजन प्रविधि प्रयोग गरेर ८०५,००० किलोमिटर प्रति घण्टाको अविश्वसनीय गति हासिल गर्न सक्नेछ। यो गति नासाको पार्कर सोलार प्रोब भन्दा पनि तीव्र हुनेछ। वैज्ञानिकहरूका अनुसार, यस प्रविधिले मंगल ग्रहको यात्रा समय आधा घटाउने मात्र होइन, अन्तरिक्ष अन्वेषणका लागि नयाँ सम्भावनाहरू पनि खोल्नेछ।

पल्सर फ्युजनका सीईओ रिचर्ड डिनानका अनुसार, अन्तरिक्षको वातावरण पृथ्वीको तुलनामा आणविक फ्युजनका लागि अझ अनुकूल छ। यस प्रविधिले अन्तरिक्षमा इन्धनको आवश्यकतालाई कम गर्दै भविष्यका अन्तरिक्ष मिसनलाई अधिक प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

यो प्रविधि सफल भएमा, अन्तरिक्ष यात्रा मात्र होइन, सौर्यमण्डलको परे पनि अन्वेषण गर्न सहज हुनेछ। वैज्ञानिकहरू अहिले यस परियोजनालाई मूर्तरूप दिन गहन अनुसन्धानमा जुटेका छन्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version